कोरोनाको भयावह कायमै कहाँ कति पुगे त सङ्क्रमित हेर्नुहोस ? | Samacharpati कोरोनाको भयावह कायमै कहाँ कति पुगे त सङ्क्रमित हेर्नुहोस ? – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कोरोनाको भयावह कायमै कहाँ कति पुगे त सङ्क्रमित हेर्नुहोस ?

कोरोनाको भयावह कायमै कहाँ कति पुगे त सङ्क्रमित हेर्नुहोस ?

कोरोनाको भयावह कायमै कहाँ कति पुगे त सङ्क्रमित हेर्नुहोस ?

नेपालमा थप १ हजार ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ हजार ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ । हाल नेपालमा ६ हजार २ सय ९० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार ७ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप २ सय ६२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ । यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ८३ रहेको छ ।

यता पोखरामा ६० सहित कास्कीमा आज थप ६१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा तथा विध ल्याब ललितपुरमा गरिएको परीक्षणका क्रममा पोखरा ६० सहित कास्कीमा थप ६१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ४८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आजको ट्रेन्डिङ समाचार