हुम्लाको श्रीनगर एफ एममा स्थानीय युवाहरुले तोडफोड गरे | Samacharpati हुम्लाको श्रीनगर एफ एममा स्थानीय युवाहरुले तोडफोड गरे – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • हुम्लाको श्रीनगर एफ एममा स्थानीय युवाहरुले तोडफोड गरे

हुम्लाको श्रीनगर एफ एममा स्थानीय युवाहरुले तोडफोड गरे

हुम्लाको श्रीनगर एफ एममा स्थानीय युवाहरुले तोडफोड गरे

हुम्लाको अदानचुुली गाउँपालिकाको श्रीनगरमा सञ्चालनमा रहेको श्रीनगर एफ एममा स्थानीय युवाहरुले तोडफोड गरेका छन् ।

यो कार्य गर्नेलाई तत्काल कारवाही गर्नका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले माग गरेको छ । गाउँ गाउँमा वल्डलिंकले विभिन्न स्थानहरुमा निःशुल्क इन्टरनेट सेवा दिएकाले रेडियोले पनि सबैलाई निःशुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध नगराउँदा यस्तो घटना घटेको स्थानीयहरुले बताएका छन् ।

स्थानीय युवाहरुले गरेको यस्तो कार्यलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्ला र सञ्चार सम्बद्ध संस्थाहरुले यस्तो कार्य गर्ने युवाहरुलाई तत्काल कारवाहीको लागि माग गरिएको अध्यक्ष राजन रावतले बताउनुभएको छ ।

श्रीनगर एफ एमका तोडफोड गर्ने तीन जना युवाहरुलाई कारवाहीका लागि पक्राउ गरिएको छ । ती युवाहरु अदानचुली गाउँपालिका–२ श्रीनगरका २१ वर्षीय महेश महतारा, २५ वर्षीय सुवास भण्डारी, २३ वर्षीय जय महतारा र २८ वर्षीय देवीलाल महतारा रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार