निरन्तरको खडेरीले आत्तिएका किसानले दुई दिनको वर्षापछि राहतको महसुस गरेका छन् ।
हिउँदेबाली भित्र्याएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए ।शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि किसानले राहतको सास फेरेका हुन् । पानी परेसँगै किसानले खेतबारीमा मकै लगाउन शुरु गरेका छन् ।
वर्षमा तीन खेती हुने बागलुङका फाँटमा यस वर्ष ढिला गरी मकै लगाइएको छ । सिँचाइको सुविधा भएका फाँटमा लगाइएको मकैसमेत लामो खडेरीका कारण बिरुवा ओइलिएका थिए । पानी परेसँगै सिँचाइ असुविधा रहेका खेतबारीमा समेत किसानलाई मकैलगायतका बाली लगाउन सहज भएको हो । चैते धान रोप्ने किसानका लागिसमेत सहज भएको किसान बताउँछन् ।