गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो,फेरी आजै गृहमन्त्रीको सपथ लिदै के भएको छ त?अहिलेसम्मको अपडेट | Samacharpati गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो,फेरी आजै गृहमन्त्रीको सपथ लिदै के भएको छ त?अहिलेसम्मको अपडेट – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो,फेरी आजै गृहमन्त्रीको सपथ लिदै के भएको छ त?अहिलेसम्मको अपडेट

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो,फेरी आजै गृहमन्त्रीको सपथ लिदै के भएको छ त?अहिलेसम्मको अपडेट

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो,फेरी आजै गृहमन्त्रीको सपथ लिदै के भएको छ त?अहिलेसम्मको अपडेट

नेकपा माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ ले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

पार्टी छाडेर एमालेमा गएका ‘बादल’ को कारवाहीबारे संसद सचिवालयमा जानकारी समेत भएको थियो ।नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए । उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो ।

माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो।

सांसद नरहेपछि संविधानतः मन्त्री पदबाट स्वतः मुक्त भए पनि प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । किनभने यसअघि पदमुक्त भएका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई ओलीले मन्त्री पदमा पुनर्नियुक्त गरिसकेका छन् ।

सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउँछ ।गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।

तर राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार