घर मै बसेर काम गर्न मिल्ने जागिर खुल्याे, ईसेवाले माग्यो २६५ कर्मचारी • Nepal's Trusted Digital Newspaperघर मै बसेर काम गर्न मिल्ने जागिर खुल्याे, ईसेवाले माग्यो २६५ कर्मचारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • घर मै बसेर काम गर्न मिल्ने जागिर खुल्याे, ईसेवाले माग्यो २६५ कर्मचारी

घर मै बसेर काम गर्न मिल्ने जागिर खुल्याे, ईसेवाले माग्यो २६५ कर्मचारी

  • शुक्रबार, बैशाख ३, २०७८
घर मै बसेर काम गर्न मिल्ने जागिर खुल्याे, ईसेवाले माग्यो २६५ कर्मचारी

ईसेवाले एक साथ २६५ कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ जनशक्ति माग गरेको हो । कम्पनीले देशका विभिन्न १७ शहरको लागिकर्मचारी माग गरेको हो ।

जस अनुसार कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०. बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो ।

कम्पनीले इच्छुक त्तहा योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् । कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ । – नागरिकपत्रबाट

याे पनि हेर्नुहाेस : सर्वोत्तम सिमेन्टको आइपिओ आउदै, कहिले अनि कति कित्ता भर्ने ?

सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम गरिरहेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको हाे। कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना बनाएको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।

सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियुक्त गरेको छ। सह बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल नियुक्त भएका छन्।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् । पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा बोलकबोल गर्ने छन् ।

उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ । कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत मुनाफा (कर पछिका) वार्षिक १०४ करोड रुपैयाँ भन्दा बढी रहेको छ।

कम्पनीसंग ९० वर्ष पुग्ने चुनढुंगा खानी रहेको जनाएको छ । कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ । सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ ।

युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ । आफ्नो सिमेन्ट उत्पादन अझै बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ ।

हाल ३ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले ६० लाख कित्ता सेयर सर्वसाधारण समूहलाई जारी गरेर ४ अर्ब पुर्याउने भएको हो। सो सेयर संख्यामध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता दिइनेछ।

त्यस्तै स्थानीय जिल्लाबासीलाई ८ लाख र कम्पनीका कर्मचारी तथा सर्वसाधारणलाई २८ लाख कित्ता सेयर वितरण गरिनेछ। बुक बिल्डिङबाट कम्पनीले सेयरको मूल्य निर्धारण गर्नेछ।

सर्वोत्तमको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन छ भने वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन हुने दावी गरेको छ।

विगत तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको र आगामी ३ वर्षको औसत प्रतिसेयर आम्दानी ४५ रुपैयाँभन्दा बढी हुने कम्पनीको प्रक्षेपण छ। कम्पनीको जगेडा कोष गत माघ मसान्तसम्म २ अर्ब ३१ करोडको छ। हाल २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको कम्पनीको दावी छ।

आइपिओबाट प्राप्त रकममध्ये ४० प्रतिशत रकम ऋण भुक्तानी गरी बाँकी ६० प्रतिशत रकमले उत्पादन क्षमता दोब्बर पार्ने योजना रहेको कम्पनीले जनाएको छ। आइपिओ जारी भएपश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने योजना रहेको कम्पनीको दावी छ। इक्रा बाट कम्पनीले बीबीबी प्लस रेटिङ पाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका