आदर्श नेपाल राष्ट्रिय दैनिकको रक्तदानमा ४८ युनिट रगत संकलन | Samacharpati आदर्श नेपाल राष्ट्रिय दैनिकको रक्तदानमा ४८ युनिट रगत संकलन – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • आदर्श नेपाल राष्ट्रिय दैनिकको रक्तदानमा ४८ युनिट रगत संकलन

आदर्श नेपाल राष्ट्रिय दैनिकको रक्तदानमा ४८ युनिट रगत संकलन

आदर्श नेपाल राष्ट्रिय दैनिकको रक्तदानमा ४८ युनिट रगत संकलन

‘बि अ हिरो, गिभ ब्लड’ भन्ने नाराका साथ नव वर्ष २०७८ को अवसरमा आदर्श नेपाल राष्ट्रिय दैनिकको आयोजनामा बिहिबार पोखरामा भएको खुल्ला रक्तादान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननिय सांसद विन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार क्षेत्रले सामाजिक क्षेत्रमा गर्ने यस्ता कार्यहरुले अन्य संघसंस्थाहरुलाई पनि उत्प्रेरणा मिल्ने बताउनुभयो । नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेज अन्तर्गतको एन्ट्रप्रेनियर क्लवको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले अहिले रगतको अभाव भइरहेका बेला आयोजित कार्यक्रम सान्दर्भिक भएको बताउँदै रक्तदाननै जिवनदान भएको प्रष्ट्याउनुभयो ।

फिटनेश इन्स्ट्रक्चर निरज लामा पहिलो रक्तदाताका रुपमा रक्तदान गर्नुभयो । उहाँलाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले सञ्चार क्षेत्रले सबै क्षेत्रको प्रतिनिधीत्व गर्ने बताउँदै यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको औल्याउनुभयो । नेपाल पत्रकार महासंघ, गण्डकीबाट केन्द्रिय सदस्यमा विजयी हुनुभएका त्रिभुवन पौडेलले पत्रकारले कलम मात्रै चलाउने नभई विभिन्न सामाजिक क्षेत्रसंग सहकार्य गर्दै सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउन सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो ।

अर्का विशिष्ट अतिथि युवा उद्यमी किरण केसीले रक्तदान पुण्यको काम भएको बताउनुभयो । नयाँ वर्षको शुरुवातसंगै आयोजित कार्यक्रमले समाजमा सकारात्म शन्देस प्रवाह गर्ने विश्वास व्यक्त गर्दै दैनिकले आगामी दिनहरुमा गर्ने काममा पनि हातेमालो गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी कास्की, क्षेत्रिय रक्तसञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा युवा पर्यटन व्यवसायी महेश अर्याल, टोल विकास संस्था वडा समन्वय समिति, वडा नम्बर ९ का अध्यक्ष उत्तम जोशी, समाजसेवी गुरुदत्त लामिछाने, युवा व्यवसायी विगनेश थापा लगायतले रक्तदानको महत्वबारे प्रकास पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले आदर्श नेपाल दैनिकसंग आफ्नंै कलेजको क्लवले सहकार्य गरि सामाजिक क्षेत्रमा योगदान पुग्ने काम गर्न पाउँदा खुसि लागेको बताउँदै अन्य कार्यक्रमहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा सहभागि भई रक्तदान गर्नेहरुलाई मेची महाकाली बुहारी संयुक्त आवाज नेपाल कास्कीका संयोजक मनु शर्मा, नागढुङ्गा आमा समुहका सचिव सिमा लामिछाने, शान्ति दर्शन आमा समुहका अध्यक्ष जगन गुरुङ्ग लगायतले रक्तदाताहरुलाई प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमका सभापति आदर्श नेपाल दैनिकका प्रबन्ध निर्देशक शिवकुमार बाँस्तोलाले कुनैपनि बेला जोकोहीलाई रगत चाहिन सक्ने बताउँदै आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान भएको उल्लेख गर्नुभयो । यसअघि स्वागत मन्तव्य राख्दै कार्यक्रमका संयोजक आदर्श नेपाल दैनिकका प्रकाशक गिता रानाले रक्तदान गर्नाले अन्य व्यक्तिको जीवन रक्षा मात्रै नभएर रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहने बताउनुभयो । दैनिकका प्रधान सम्पादक विनोद लामिछानेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सहयोगी क्लवका सुस्मिता बसौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम सफल पार्न सहयोगी क्लवका विभिन्न उपसमितिहरु गठन गरिएको थियो । समितिको सह–संयोजकमा सुस्मिता बिजुक्छे, आर्थिक व्यवस्थापन तथा स्वयं सेवक उपसमिति संयोजकमा कविन सापकोटा, प्रमाणपत्र, मायाको चिनो, व्याज तथा छपाई समिति संयोजकमा सृजन पालिखे, खाजा पानी व्यवस्थापन समितिमा सुजेना गुरुङ्ग र गणेश लम्साल, अतिथि सत्कार समितिमा सिर्जना सापकोटा र शिव थापा, टेण्ट तथा साउण्ड सिस्टममा सफल मल्ल, जनसम्पर्क समिति संयोजकमा कमला थापामगर, खाना व्यवस्थापन समितिमा मनोज गुरुङ्ग र मनिषा लामिछाने रहेका थिए ।कार्यक्रमलाई पोखरा महानगरपालिका पार्किङ व्यवस्थापन समिति, रेवान पोखरा, गण्डकी ट्रक यातायाता व्यवसायी संघ, सुलभ डिपार्टमेण्ट स्टोर्श, बर पिपल रिसोर्ट, सोल्टी मिनिरल वाटर, कालि गण्डकी लाइभस्टोक फार्म, वाइन किङ, ए फर जेड कम्प्युटर लगायतले सहयोग गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार