व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिन राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीको अपिल | Samacharpati व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिन राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीको अपिल – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिन राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीको अपिल

व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिन राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीको अपिल

व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिन राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीको अपिल

हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले बागमति प्रदेश सभा बैठकमा शुभकामना व्यक्त गर्दै १४ बर्षको परिक्षण व्यवस्था असफल भएको र जनताको हितमा नभएको हुँदा २०७८ साल यो व्यवस्था परिवर्तन गरी देशको बारे नराम्रो नचिताउने र संरक्षण गरिरहने राजसंस्थालाई समेत स्थान दिने शक्ति सम्पूर्ण राजनैतिक दलहरुलाई दिओस भन्ने शुभकामना दिइन ।

साँसद माझीले २०७७ सालमा जनताले आशा गरेको प्रतिफल पाउन सकेन र वेतिथिको स्थिति मात्र भोग्नु परेको आरोप लगाईन । साँसद माझीले दोश्रो चरणको कोरोना कहरको सचेतना बारे सरकारको अनविज्ञता बारे पनि प्रश्न उठाईन ।

साँसद माझीले २०७८ साल सवै जनताको प्रजातन्त्र, लोकतन्त्र र समृद्ध हासिल गर्ने कोशेढुङ्गा सावित होस भन्दै शुभकामना व्यक्त गरिन । सभामा शालिकराम जम्र्मकट्टेल, इन्द्र बानिया, रमेश पौडेल, सुरेन्द्रराज गोसाई, रिना गुरुङ्ग लगायतले शुभकामना दिएका थिए । सभामा सरकारको चित्तबुझ्दो जवाफ नभएको भन्दै नेकपा माओवादी केन्द्रका साँसदहरुले विरोध गरेपछि अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार