बाग्लुङ र स्याङ्जामा चट्याङ लागेर २ जनाको मृत्यु | Samacharpati बाग्लुङ र स्याङ्जामा चट्याङ लागेर २ जनाको मृत्यु – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • बाग्लुङ र स्याङ्जामा चट्याङ लागेर २ जनाको मृत्यु

बाग्लुङ र स्याङ्जामा चट्याङ लागेर २ जनाको मृत्यु

बाग्लुङ र स्याङ्जामा चट्याङ लागेर २ जनाको मृत्यु

३ बैशाख – काठमाडौं ।

हावाहुरीसँगै परेको चट्याङका कारण अदुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ ।

त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले  बताए ।

बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो ।

चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी,  १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता