गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै मुख्यमन्त्री गुरुङ कहिलेसम्म सुरक्षित?यता मनाङेले पनि चटक्कै साथ छोडे | Samacharpati गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै मुख्यमन्त्री गुरुङ कहिलेसम्म सुरक्षित?यता मनाङेले पनि चटक्कै साथ छोडे – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै मुख्यमन्त्री गुरुङ कहिलेसम्म सुरक्षित?यता मनाङेले पनि चटक्कै साथ छोडे

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै मुख्यमन्त्री गुरुङ कहिलेसम्म सुरक्षित?यता मनाङेले पनि चटक्कै साथ छोडे

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै मुख्यमन्त्री गुरुङ कहिलेसम्म सुरक्षित?यता मनाङेले पनि चटक्कै साथ छोडे

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि केही दिन समय प्राप्त गरेका छन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव आउने सम्भावना प्रवल भएसँगै प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस गरेका उनले बहुमत जुटाउनका लागि केही दिनको समय प्राप्त गरेका हुन् ।मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि बिहीबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेसँगै सरकारको पक्षमा बहुमत जुटाउन आवश्यक चलखेलका लागि समय पाएका छन् । यद्यपि उनले लामो समय भने राहत पाउन नसक्ने देखिन्छ ।

संविधानको धारा १८३ मा प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी व्यवस्था छ । धारा १८३ को उपधारा ३ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ । त्यसरी तोकिएको मिति र समयमा प्रदेशसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने सो उपधारामा उल्लेख छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासहितका दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको समयमा मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् । स्वाभाविक रुपमा विपक्षी दलहरुले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक आह्वानका लागि लिखित माग गर्नेछन् ।

यसरी माग भएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले यी प्रक्रिया पूरा नहुन्जेलसम्म मुख्यमन्त्री गुरुङले राहत महसुस गरे पनि अन्ततः केही दिनमै प्रदेशसभाको सामना गर्नैपर्ने अवस्था आउने विपक्षी दलका नेताहरु बताउँछन् ।यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै आएका प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले पनि अन्तिम समयमा आएर साथ छाडेका छन् । स्वतन्त्रता मनाङ ‘ख’ बाट निर्वाचित मनाङेले यसअघि गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि अब, उनलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार