नयाँ बर्षको दिन पोखरामा पर्यटकहरुको भिडभाड,लापारबाही पनि उस्तै न माक्स छ न सेनिटाइजर • Nepal's Trusted Digital Newspaperनयाँ बर्षको दिन पोखरामा पर्यटकहरुको भिडभाड,लापारबाही पनि उस्तै न माक्स छ न सेनिटाइजर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नयाँ बर्षको दिन पोखरामा पर्यटकहरुको भिडभाड,लापारबाही पनि उस्तै न माक्स छ न सेनिटाइजर

नयाँ बर्षको दिन पोखरामा पर्यटकहरुको भिडभाड,लापारबाही पनि उस्तै न माक्स छ न सेनिटाइजर

  • बुधबार, बैशाख १, २०७८
नयाँ बर्षको दिन पोखरामा पर्यटकहरुको भिडभाड,लापारबाही पनि उस्तै न माक्स छ न सेनिटाइजर

कोरोना भाइरस संक्रमणको दोश्रो लहरको जोखिममध्येको सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ ।

सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, पर्यटकीय सहर पोखरा नेपाली नयाँ वर्षमा मस्त रमाएको छ । मानौ, पोखरामा कोरोनाको त्रास शुन्यमै झरिसकेको छ भन्ने यहाँको भीडभाडले देखाएको छ । नयाँ वर्षको अघिल्लो बेलुकी पर्यटकीय क्षेत्र लेकसाइड खचाखच थियो । आज बिहान लेकसाइडमा हिडडुल गर्न पनि मुस्किल थियो । गाडीको चाँप बढ्दा सवारी चलाउन पनि सकस थियो । लेकसाइड प्रवेशको नाका सहीदचोकबाट लेकसाइड हुँदै हल्लनचोक निस्कँदा निकै नै जाम खेप्नुपर्ने अवस्था थियो । बाटोमा सर्वसाधारण बिन्दास तरिकाले हिडिरहेका थिए । समुहमा हिडडुल उत्तिकै थियो । गाडीमा भीडभाड उस्तै थियो ।

मन्दिर दर्शन गर्ने, तालमा डुंगा सयर गर्ने र रेस्टुरेन्टमा खानेको भीडभाड पहिलेजस्तै देखिन्थ्यो । बुधबार दिनभरजसो लेकसाइड क्षेत्रमा भीडभाड थियो । सरकारले कोरोनाको दोश्रो लहर झनै तिब्रगतिमा बढिरहेकोले सचेत हुन आग्रह गरेपनि सर्वसाधारणले भने बेवास्ता गरिरहेको स्वास्थ्यकर्मी नै बताउँछन् ।पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि लेकसाइडमा नयाँवर्ष मनाउन आउनेको भीडले व्यवसायमा चमक थपेपनि कोरोनाको जोखिम पनि बढेको बताउँछन् ।

सबै क्षेत्र र सबैतिरका मान्छे पोखरा आएका छन् । उनीहरुले मास्क पनि लगाएका छैनन, भट्टराइले भने, ‘मन्दिर, पार्क, रेस्टुरेन्ट्मा उस्तै भीडभाड छ । अहिले कोरोनाको जोखिम बढ्दै गएको भएपनि आएका पाहुनालाई सेवा दिएर व्यवसायी बाच्ने प्रयासमा लागेको उनले बताए । व्यवसायी पनि बाच्नै प¥यो । अब पनि व्यवसाय बन्द गर्नुपरेमा नै सधैका लागि व्यवसाय बन्द हुन्छ, उनले भने, तर सचेत भने हुनैपर्छ ।(नागरिक दैनिक )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका