सुनसरीबाट स्याङ्जाको बालिङ्गमा ल्याउने भनेको ४६ लाखको खानेतेल बाटोबाटै गायब | Samacharpati सुनसरीबाट स्याङ्जाको बालिङ्गमा ल्याउने भनेको ४६ लाखको खानेतेल बाटोबाटै गायब – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • सुनसरीबाट स्याङ्जाको बालिङ्गमा ल्याउने भनेको ४६ लाखको खानेतेल बाटोबाटै गायब

सुनसरीबाट स्याङ्जाको बालिङ्गमा ल्याउने भनेको ४६ लाखको खानेतेल बाटोबाटै गायब

सुनसरीबाट स्याङ्जाको बालिङ्गमा ल्याउने भनेको ४६ लाखको खानेतेल बाटोबाटै गायब

सुनसरीको दुहबीबाट खानेतेल बोकेको ट्रक चैत २४ गते स्याङ्जाको बालिङ्गको लागि निस्कियो ।

तर, त्यो ट्रकमा राखिएको खानेतेल स्याङ्जा नपुग्दै बाटैबाट गयाब भएको छ । तेल बोकेको ट्रक प्रहरीले धनुषाको ढल्केबरबाट वेवारिसे अवस्थामा फेला पारेको छ । त्यसमा केही कार्टुन मात्र तेल पाइयो।

ट्रक चालक र सहयोगी फरार छन् । त्यही चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुनसक्ने प्रहरीको अनुमान छ। सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

ट्रकमा २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल करिब ४६ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबीन भइरहेको उनले जानकारी गराए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता