पोखरामा शाहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित अर्को नयाँ बन्जी थपिएको छ ।
यस अघि पोखरा महानगरपालिका २५ हेम्जामा मात्रै बन्जी जम्प रहेको थियो ।बन्जी नेपाल एड्भेन्चर्स प्रालिले ८ करोड़ २५ लाखको लागतमा नयाँ वर्षको आगमनसँगै पोखरा महानगरपालिका १७, रातोपैरोमा सञ्चालनमा ल्याएको हो ।
बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईले हिजो ९सोमवार० मात्रै सफल परीक्षण पनि सम्पन्न गरेको बताउदै नयाँ वर्षको अवसरमा विशेष छुटसँगै सञ्चालनमा ल्याएको बताए । उनका अनुसार २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।अध्यक्ष भट्टराईले बन्जी जम्पको प्रतिव्यक्ति ६ हजार निर्धारण गरिएको बताए । उनका अनुसार सोही शुल्कमै जम्परले फोटो भिडियोको सेवा सुविधा पाउनेछन् ।सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुंवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपाल बहादुर बराल क्षेत्रीको सँयुक्त लगानी रहेको छ ।