पोखरामा अकस्मात् परेको पानी र चलेको हावाहुरीले दूई घाइते भएका छन् भने करिब आधा दर्जन सवारीसाधनमा क्षति पुगेको छ ।
साझ करिब ५ बजे हावाहुरीसँगै परेको पानीले रानीपौवामा रहेको एक रुख ढल्दा उक्त क्षति भएको छ ।महेन्द्रपुल कट्ने बित्तिकै नेपाली सेनाको ब्यारेक र शोभाभगवती मन्दिर नजिक उक्त घटना घटेको हो ।