२०७७का केही महत्वपूर्ण कूटनीतिक घटना के भयो त्यस्तौ?प्रधानमन्त्री ओली भन्नुहुन्छ"केही नयाँ शुरुवात गर्दैछौँ” • Nepal's Trusted Digital Newspaper२०७७का केही महत्वपूर्ण कूटनीतिक घटना के भयो त्यस्तौ?प्रधानमन्त्री ओली भन्नुहुन्छ"केही नयाँ शुरुवात गर्दैछौँ” • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २०७७का केही महत्वपूर्ण कूटनीतिक घटना के भयो त्यस्तौ?प्रधानमन्त्री ओली भन्नुहुन्छ”केही नयाँ शुरुवात गर्दैछौँ”

२०७७का केही महत्वपूर्ण कूटनीतिक घटना के भयो त्यस्तौ?प्रधानमन्त्री ओली भन्नुहुन्छ”केही नयाँ शुरुवात गर्दैछौँ”

  • बुधबार, बैशाख १, २०७८
२०७७का केही महत्वपूर्ण कूटनीतिक घटना के भयो त्यस्तौ?प्रधानमन्त्री ओली भन्नुहुन्छ”केही नयाँ शुरुवात गर्दैछौँ”

वि।सं। २०७७ मा अन्य झैं कूटनीतिक क्षेत्र पनि निकै उतारचढावपूर्ण रहृयो । ‘भर्चुअल’ माध्यममार्फत नेपाल बाहृय संसारसँग निरन्तर संवाद र सम्पर्कमा रहे पनि कोरोना महामारीका कारण धेरै विषय अगाडि बढ्न सकेनन् । विश्वव्यापी महामारीबीच प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अन्य उच्च सरकारी अधिकारीहरू ‘भर्चुअल’ माध्यममार्फत दर्जनौं दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय बैठकमा सहभागी भए । तर, कूटनीतिक क्षेत्रका केही महत्वपूर्ण ‘पेन्डिङ’ विषयहरू भने अगाडि बढ्न सकेनन् ।

विसं २०७७ का केही महत्वपूर्ण कूटनीतिक घटना

चैत २७ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता ।

चैत १९ बिमस्टेक देशका परराष्ट्र्रमन्त्रीहरूको बैठक ।

चैत ९(१० राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बंगलादेशको राजकीय भ्रमण ।

फागुन १ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा राष्ट्रसंघीय मानवअधिकार परिषदलाई सम्बोधन ।

माघ २३ परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच टेलिफोन वार्ता ।

माघ १९ नेपालद्वारा म्यानमारमा भएको सैन्य ‘कु’ को भत्र्सना ।

माघ १ र २ परराष्ट्रमन्त्रीको भारत भ्रमण, संयुक्त आयोगको बैठकमा सहभागी ।

पुस १३ स् चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा रहेको चार सदस्यीय विशेष टोली काठमाडौंमा ।

मंसिर १५ नेपाल र चीनबाट सगरमाथाको नयाँ उचाइ संयुक्त रूपमा घोषणा ।

मंसिर १२ चिनियाँ रक्षामन्त्री उई फेङही नेपालको एकदिने औपचारिक भ्रमणमा ।

मंसिर ९(१० भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाको औपचारिक भ्रमण ।

असोज २७ नेपाल दोस्रो पटक मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित ।

असोज ९ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन ।

भदौ २८ स्परराष्ट्र मन्त्रालयद्वारा हुम्लामा चीनले नेपाली भूभाग नमिचेको स्पष्टोक्ति ।

कात्तिक ५ भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण ।

असार ६ भारत र चीनको बीचमा गलवान उपत्यकामा भएको भिडन्तका सम्बन्धमा नेपाल सरकारद्वारा शान्तिपूर्ण रूपले समस्या समाधान गर्न आग्रह ।

जेठ २१ नेपाल सरकारद्वारा हङकङको सुरक्षा कानूनबारे औपचारिक धारणा सार्वजनिक, एक चीन नीतिमा दृढ रहेको भनाइ ।
यसैगरीप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने ढंगले काम गरिरहेको बताएका छन् ।प्रतिकूलताका बावजुद विगत वर्षमा सरकारले जनताको विश्वास जितेको र नयाँ वर्षमा पनि केही उल्लेख्य काम गर्ने उनले बताए ।

नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले प्रतिकुलताका बावजुद विकास निर्माणको काम अगाडि बढेको बताएका हुन् ।उनले निर्दिष्ट लक्ष र गन्तव्यका साथ काम गरिरहेको समेत बताए । जनतामा आशा जगाउने काम गरेका छौ, जनतामा असन्तुष्टि भड्काउने प्रयास भएपनि सरकार त्यसबाट किन्चित विचलित भएन । भविष्यप्रति आशा र विश्वास जगाउने काम गर्यौँ,’ ओलीले भने ।नयाँ वर्षको दिन पारेर ‘मेरो कित्ता’ नामक एप्स ल्याएर जनताले आफ्नो पुर्जा मोबाइलमै हेर्न सक्ने व्यबस्था गर्न लागेको बताए ।

यसै महिनादेखि जनकपुरदेखि नियमित रुपमा रेल संचालन हुने तथा वैशाख ११ गते काठमाडौंको धरहरा उद्घाटन गर्न लागेको ओलीले बताए । ‘कोरोनाको असर र राजनीतिक अस्वस्थता देखा परेपनि निरर्थक वर्ष रहेछ । काठमाडौंका धारा धारमा पानी पुर्याएर दशकौँ लामो सपना पूरा भएको छ । प्रतिकुल अवस्थामा पनि अनलाइनबाट भएपनि शिक्षालाई अगाडि बढाउन सक्यौँ’ ओलीले भने । प्रधानमन्त्री ओलीले २०७६ सालमा सीके राउतलाई मूल धारमा ल्याएर देशबाट पृथकतावादलाई अन्त्य गरेको र २०७७ सालमा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याएर हिंसाको राजनीतिको अन्त्य गरेको बताए । झण्डै ४५ मिनेट लामो सम्बोधन का क्रममा प्रधानमन्त्री ओलीले अरुको आलोचना भन्दापनि सरकारको कामको बचाउ गरे । अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्न सक्नु नेपालीको लागि ठूलो उपलव्धी भएको ओलीले बताए ।प्रधानमन्त्री ओलीले कोभिड १९ बाट सावधान रहन तथा बचाउका उपाय अबलम्बन गर्न आग्रह गरे ।

‘सरकारले लिएको सही नीतिका कारणले हामी असफल भएनौँ, सामाजिक जनजीवन र आर्थिक क्षेत्रमा कम क्षती भयो,’ ओलीले भने । कोरोना संक्रमण फैलिन नदिन सुरक्षा सावधानीका उपाय अपनाउन ओलीले आग्रह गरे ।कोभिड–१९ बाट सावधान रहन, यसको बचाउका उपाय गर्न, बालबालिका र जेष्ठ नागरिकलाई बचाउन सबैसँग आग्रह गर्न चाहन्छु, हामीले खोपको शुरुवात गरेका छौँ । साढे १८ लाखले खोप लगाइसकेका छन् । खोपको कार्यक्रम अगाडि बढ्दै जाला । नियन्त्रण गर्न सफल हुनेछौ,’ ओलीले भने । प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अनुमोदनमा सहयोग नगरेको भन्दै सभामुख अग्नि सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।सापकोटाको नाम नलिई ओलीले संविधान नमान्ने जिद्दी भइरहेको आरोप लगाए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका