मादी गाउँपालिका ५ सुनपदेलीमा अवस्थित ओम कारेश्वर शिवालय मन्दिरको बिकास निर्माणले गति लिदै | Samacharpati मादी गाउँपालिका ५ सुनपदेलीमा अवस्थित ओम कारेश्वर शिवालय मन्दिरको बिकास निर्माणले गति लिदै – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • मादी गाउँपालिका ५ सुनपदेलीमा अवस्थित ओम कारेश्वर शिवालय मन्दिरको बिकास निर्माणले गति लिदै

मादी गाउँपालिका ५ सुनपदेलीमा अवस्थित ओम कारेश्वर शिवालय मन्दिरको बिकास निर्माणले गति लिदै

मादी गाउँपालिका ५ सुनपदेलीमा अवस्थित ओम कारेश्वर शिवालय मन्दिरको बिकास निर्माणले गति लिदै

देश बिकास हुन पर्यटनको बिकास हुन आवाश्यक छ नेपाल एक धार्मिक,साँस्कृतिक रुपले भरिपुर्ण देश हो ।

कोरोनाको कारणले धार्मिक क्षेत्रको बिकास हुन सकेको छैन बन्नुपर्ने संरचनाहरु सबै अलपत्र छन । यस्तो समस्याका बिच पनि मादी गाउँपालिका वडा नं ५ कास्की,सुनपदेलीमा अवस्थित ओम कारेश्वर शिवालय मन्दिरको बिकास निर्माणले भने गति लिएको छ । यस पवित्र धार्मिक स्थलमा १०८ शिव लिङ्ग,जलधारा निर्माण कार्य समापन भएको ओमकारेश्वर सेवा समितिका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारीले बताउनुभएको छ ।

नयाँ बर्ष २०७८ को शुभकामना दिदै अधिाकरीले ५ फुटको शिव ,बुद्ध, गणेश,सर्रस्वती,पार्वतीको मुर्ति निर्माण गरिसकेको उहाँको भनार्इृ छ ।लगभग ९५ प्रतिशत काम सकिएको बताउदै अधिकारीले यदी कसैले शिव लिङ्ग राख्न चाहेमा सम्पर्क गर्न समेत आग्रह गर्नेभएको छ ।मन्दिरको हेरचाहा गर्नु आफनो कर्तब्य भएको बताउदै कसैले शिवलिङ्ग राख्न चाहेमा ९८६७३७६५१८ मा फोन गरेर आग्रह गर्न सकिने बताउनुभएको छ ।

आजको ट्रेन्डिङ समाचार