बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराए • Nepal's Trusted Digital Newspaperबागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराए

बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराए

  • मङ्लबार, चैत्र ३१, २०७७
बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराए

राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ ।

सरकारले केही वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ । कोरोनाका कारण केही ढिला गरी बागलुङमा परिचयपत्र दर्ताको काम शुरु भएको थियो । अहिले जिल्ला प्रशासनबाट मात्रै दर्ताको काम भइरहेको र आगामी केही महिनामा वडाबाटै तथ्याङ्क सङ्कलनको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिरसहितका सूचना सङ्कलन गरिरहेको उहाँको भनाइ छ । राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा परिचयपत्रलगायतमा प्रयोग गर्न सक्ने भएकाले यसको प्रभावकारिता निकै राम्रो हुने सरोकारवाला बताउँछन् । राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य आफ्नो नागरिकता चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका