सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न | Samacharpati सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

पोखरा २० आंटिघरमा रहेको सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा वोल्दै प्रमुख अतिथि गोपालधन गुरुङले ग्रामीण भेगहरुमा सामुदायिक विद्यालयहरु विस्थापन भइरहदा आटिंघरको पुरानो स्कुल ६५ औ वर्ष सम्म आइपुग्नु आफैमा गर्वको कुरा भएको वताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोलाले पछिल्लो समय आफ्नो छोराछोरीहरुलाई शहरको महंगो निजी विद्यालयमा पढाउने काम तीब्र क्रममा बढिरहेकाले यसलाई रोकेर गाउमा रहेको विद्यालयमै अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई पढाउनुपर्नेमा जोड दिए ।

विद्यार्थीहरुको भविश्य शिक्षक संगै अभिभावकमा समेत रहने भएकाले अभिभावकहरुले आफ्नो छोराछोरीलाई शिक्षा दिनका लागि अग्रसर हुनेपर्ने उनको भनाइ रहेको थियो ।त्यस्तै विद्यालय ब्यवस्थापन समितिका सदस्य प्रकाश गुरुङले त्यस्तै गरि बिधालय ब्यवास्थापन सदस्य प्रकास गुरुङले अभिभावकहरुले अफ्ना वालवालिकालाई विहान उठ्ने वित्तिकै घांस दाउरा लिएर नआए सम्म खाना दिन्न भन्ने परिपाटीको अन्त्य गरी काम संगै विद्यार्थीहरुलाई विहान र वेलुका पढ्ने वातावरण अभिभावकले मिलाउन सके विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सफल हुने वताए ।

विद्यालयको अक्षयकोष संयोजक विर वहादुर गुरुङले शिक्षक अभिभावक र विद्यार्थी मिलेरनै विद्यार्थीले परिक्षामा राम्रो परिणाम ल्याउन सकिने वताउदै सामुदायिक विद्यालय र निजी विद्यालयको मुल्यांकन क्याम्पस तहमा पुगेपछि देखिने वताए ।

त्यस्तै चन्दा दाता यमन गुरुङले अभिभावकहरु शिक्षाबाट बञ्चित भएकै कारणपनि विद्यार्थीहरुलाई घरभित्रै अभद्र ब्यवहार हुने भएकाले यसप्रति अभिभावकहरु सचेत हुनुपर्नेमा जोड दिदै घरमा हुने ब्यवहारका कारण पनि विद्यार्थीहरुले पढाइमा ध्यान दिन नसक्ने वताए । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष तिल बहादुर गुरुङले ब्रिटिश वेल्फेरबाट विद्यालयलाई सहयोग सामाग्री प्रदान गरेकोमा ब्रिटिश वेल्फेरलाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक इन्द्र प्रसाद बास्तोलाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक डम्मर कुमारी गुरुङ, विजय लग्मी गुरुङ, विष्णुकुमारी गुरुङ लगायतको उपस्थिती रहेको थियो । विद्यालयका प्रध्यानाध्यापक इन्द्र प्रसाद बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका शिक्षिक शारदा अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।

आजको ट्रेन्डिङ समाचार