पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी | Samacharpati पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी

पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी

पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी

गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागी (डढेलो) का घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।

जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयकाअनुसार पर्वतमा बर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी हुने गरेको छ ।

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पात पतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । पौडेलले भने, “जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यलय सक्रियताका साथ लागेको छ ।”

पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँगको समन्वयमा आगलागी हुने वित्तिकै निभाउन जाने गरिएको बताए । पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसारलाई तीव्रता दिएको जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार