सोमबारदेखी बिद्यालय बन्द गर्न सरकारलाइ सिसिएमसीको सिफरिस | Samacharpati सोमबारदेखी बिद्यालय बन्द गर्न सरकारलाइ सिसिएमसीको सिफरिस – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • सोमबारदेखी बिद्यालय बन्द गर्न सरकारलाइ सिसिएमसीको सिफरिस

सोमबारदेखी बिद्यालय बन्द गर्न सरकारलाइ सिसिएमसीको सिफरिस

सोमबारदेखी बिद्यालय  बन्द गर्न सरकारलाइ सिसिएमसीको सिफरिस

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ ।

तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ ।पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।्

बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय भएको छ ।

आजको ट्रेन्डिङ समाचार