कर्णालीमा नयाँ सरकार गठनको कसरत सुरु • Nepal's Trusted Digital Newspaperकर्णालीमा नयाँ सरकार गठनको कसरत सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कर्णालीमा नयाँ सरकार गठनको कसरत सुरु

कर्णालीमा नयाँ सरकार गठनको कसरत सुरु

  • आइतवार, चैत्र २९, २०७७
कर्णालीमा नयाँ सरकार गठनको कसरत सुरु

कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि नयाँ सरकार गठनको कसरत शुरु भएको छ ।

सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीको राजिनामा समेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरिसक्नुभएको छ ।अदालतले माओवादी र एमालेलाई पूर्ववत अबस्थामा पुर्याएपछि एमालेले सरकारको साथ छोडेपछि मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको छ ।

एमालेबाट प्रदेश सरकारमा सहभागि बनेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार स्वीकृत गर्नु भएको छ ।

आफ्नै नेतृत्वमा सरकार गठनको कसरत गरिरहेको नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजिनामाको प्रतिक्षा गरेको छ भने मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।४० सदस्यीय प्रदेशसभामा सभामुख सहित नेकपा एमालेका २० जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका ६ जना र राप्रपाका १ जना सांसद रहेका छन् ।

माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेसँगै उनको सांसद पद खारेजी भएको छ भने मुख्यमन्त्री शाही काँग्रेस, राप्रपा र एमालेका २ सांसदलाई ह्वीप उल्लघंन गर्न लगाएर विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।यता नेपाली काँग्रेसका सांसद दिनवन्ध श्रेष्ठले हेर र पर्खको रणनीतिमा रहेको बताउनु हुन्छ ।

एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्काल राजिनामा दिन बाध्य बनाउने बताउनु हुन्छ ।अल्पमतमा परेको अवस्थामा मुख्यमन्त्री शाहीले पदमा टाँसीरहनु भन्दा राजिनामा दिनु उत्तम रहने भन्दै उहाँले एमालेको सहयोग र समर्थन विना कर्णालीमा सरकार बन्न नसक्ने बताउनु भयो ।मुख्यमन्त्री शाहीले सहजै राजीनामा नदिएपनि बैशाख पहिला साता भित्र नयाँ सरकार गठनको प्रक्रिया हुनेछ ।आन्तरिक अन्तरसंघर्षले एमालेको एकल सरकार बन्नेमा भने जटिलता कायमै छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका