बिश्व हिन्दुमहासङ्घ कास्की जिल्ला मादी गाउँपालिकाको समिति गठन सम्पन्न,सहसचिवमा समाचारपाटीका रामचन्द्र अधिकारी चयन | Samacharpati बिश्व हिन्दुमहासङ्घ कास्की जिल्ला मादी गाउँपालिकाको समिति गठन सम्पन्न,सहसचिवमा समाचारपाटीका रामचन्द्र अधिकारी चयन – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • बिश्व हिन्दुमहासङ्घ कास्की जिल्ला मादी गाउँपालिकाको समिति गठन सम्पन्न,सहसचिवमा समाचारपाटीका रामचन्द्र अधिकारी चयन

बिश्व हिन्दुमहासङ्घ कास्की जिल्ला मादी गाउँपालिकाको समिति गठन सम्पन्न,सहसचिवमा समाचारपाटीका रामचन्द्र अधिकारी चयन

बिश्व हिन्दुमहासङ्घ कास्की जिल्ला मादी गाउँपालिकाको समिति गठन सम्पन्न,सहसचिवमा समाचारपाटीका रामचन्द्र अधिकारी चयन

मादीगाउपालिका वडा न ५ मा बिश्वहिन्दु महासङ्घको गाउँपालिका समिति गठन सम्पन्न भएको छ ।

कार्यक्रममा बिश्वहिन्दु महासङघका गण्डकी प्रदेश सचिव भानु भण्डारीले अब सबै जुट्नुपर्ने बेला आएको बताउनु भएको छ । उहाले राज्यले हिन्दु धर्ममाथी दमन गरेकाले यो कसैलाइ सैय नहुने बताउदै आफ्नो धर्म कतिको बैज्ञानिक छ बुझेर लाग्न अनुरोध गर्नुभयो । साथै अब आउने जनगणना मा पनि धर्म परिवर्तन गर्नका निमित्त फसाउने हुनाले सबै चनाखो भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो।

समिति गठनमा अध्यक्ष रुद्रनाथ अधिकारी, बरिष्ठ उपाध्यक्ष रेशम ढकाल , महिला उपाध्यक्ष गिता बास्तोला सचीव सुनिल ढकाल सह सचिव रामचन्द्र अधिकारी र कोषाध्यक्ष मा हरि प्रसाद सापकोटा चयन हुनुभएको छ।

यता वडा तर्फ वडा न ५ मा उपाध्यक्ष कृष्ण कुमारी अधिकारी अध्यक्ष बुद्धिनाथ सुवेदी सचिव सावित्री सापकोटा चयन हुनुभएको छ ।यसैगरी वडा न ४ मा अध्यक्ष बुद्धिसागर सापकोटा चयन हुनुभएको छ ।अन्य कार्यसमिति जातजाति क्षेत्र मिलाएर क्रमिक रुपमा राखिने छ । कार्यक्रमको प्रमुख आतिथ्यता सनातन धर्म सेवा समिति का अध्यक्ष रबिन्द्र माकाजुको रहेको थियो उहाँले सस्कार आज महत्वपूर्ण रहेको बताउनुभयो ।

अन्य धर्महरुले हाम्रो वेदको ग्रन्थ चोरेर झुट्को खेती गरेको बताउदै नया साथीहरुले गाउपालिकामा यो झुट्को खेतीलाइ चिर्ने बेला आएको बताउनुभयो । विश्व हिन्दु महासङ्घका केन्द्रिय सदस्य भोलाजङ्घ सुवेदी कास्की जिल्ला उपाध्यक्ष भिम बहादुर बरालको आतिथ्यथतामा कार्यक्रम भएको थियो । मादी गाउपालिका वडा न ५ का वडा सदस्य होमनाथ अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने स्वागत मन्तब्य रेशम ढकालले गर्नुभयो । कार्यक्रम संचालन भने सुनिल ढकालले गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार