जन्मोत्सवमा रेडक्रसलाई आर्थिक सहयोग | Samacharpati जन्मोत्सवमा रेडक्रसलाई आर्थिक सहयोग – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • जन्मोत्सवमा रेडक्रसलाई आर्थिक सहयोग

जन्मोत्सवमा रेडक्रसलाई आर्थिक सहयोग

जन्मोत्सवमा रेडक्रसलाई आर्थिक सहयोग

पोखरा । पोखरा–८, सृजनाचोकमा अवस्थित सृजना आवासीय मा.वि.को कक्षा १० मा अध्ययनरत छात्रा चाँदनी भण्डारीले रेडक्रसलाई आर्थिक सहयोग प्रदान गरेर आफ्नो जन्मोत्सव मनाएकी छन् ।

उनले युवा रेडक्रस सर्कल सृजना आवासीय माध्यमिक विद्यालयका शिक्षक नायक रीता आचार्यलाई नगद १ हजार ५ सय ५ आर्थिक सहयोग प्रदान गरेकी छन् । दुःख, पीडा लगायत विभिन्न विपत्तिले आहत भएका मानवको सहयोग गर्ने सेवा भाव अन्तरमनदेखि नै जागृत भएकाले जन्मदिनको अवसरमा फजुल खर्च कटौति गरी विद्यालयको युवा रेडक्रसलाई सहयोग गरेको कुरा उनले बताइन् ।

विद्यालयका प्राचार्य एवम् नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति डोलराज पाण्डेले प्रशंसापत्र प्रदान गर्दै पश्चिमी संस्कृतिको प्रभावका कारण आधुनिक समाजमा विभिन्न उत्सवहरू मनाउन तारे होटलहरूमा जाने प्रवृत्ति बढ्दै गएको छ । यस्तो प्रवृत्तिलाई हटाएर दुःखी, असहायहरूको चर्केको घाउमा मलम पट्टी लगाउँदै आफ्ना उत्सवहरू मनाउँदा व्यक्ति, समाज सबैलाई फाइदा हुनुका साथै बालबालिकाहरूमा पनि समाज सेवाको भावना जागृत हुने कुरा बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार