पोखरामा तीन सवारीसाधन ठक्कर खाँदा एकको मृत्यु,जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन,नयाँ सरकार गठनका लागि काँग्रेस तम्सियो | Samacharpati पोखरामा तीन सवारीसाधन ठक्कर खाँदा एकको मृत्यु,जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन,नयाँ सरकार गठनका लागि काँग्रेस तम्सियो – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • पोखरामा तीन सवारीसाधन ठक्कर खाँदा एकको मृत्यु,जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन,नयाँ सरकार गठनका लागि काँग्रेस तम्सियो

पोखरामा तीन सवारीसाधन ठक्कर खाँदा एकको मृत्यु,जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन,नयाँ सरकार गठनका लागि काँग्रेस तम्सियो

पोखरामा तीन सवारीसाधन ठक्कर खाँदा एकको मृत्यु,जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन,नयाँ सरकार गठनका लागि काँग्रेस तम्सियो

पोखरामा बिहीबार तीन सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।पोखरा ३० शिशुवा चोकमा बेगनासबाट शिशुवातर्फ आउँदै गरेको ग१ज २२५८ नं को ट्याक्सीले ग१२प ४७०७ नं को स्कुटरलाई ठक्कर दिएपछि विपरीत दिशातर्फ जाँदै गरेको ग१त ४३०४ नं को ट्याक्टरमा ठक्कर खाँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक सिलवालका अनुसार बिहान ११स्१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।ट्याक्टर चालक र ट्याक्सी चालकसहित तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराको जनप्रिय क्याम्पसमा नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षीय अनेरास्ववियुको समानान्तर कमिटी गठन भएको छ । आविष्कार केसीको अध्यक्षतामा नेता नेपाल पक्षीय अनेरास्ववियुको समानान्तर जनप्रिय क्याम्पस कमिटी गठन भएको हो ।त्यस्तै समानान्तर कमिटीको उपाध्यक्षमा उज्ज्वल तिमिल्सिना, प्रकृति रानामगर तथा नवदीप क्षेत्री रहेका छन् ।समानान्तर कमिटीको सचिवमा सुरज ढकाल चयन भएका छन् । कमिटीको सहसचिवमा अर्जुन बुढाथोकी, विप्लव खड्का, रविना श्रेष्ठ, संगम आचार्य, सुनिता आले, सुदिप अर्याल तथा आरती पौडेल रहेका छन् ।यस्तै अनिता लुइंटेल कमिटीको कोषाध्यक्षका रुपमा चयन भएकी छिन् । कमिटीको सदस्यमा विवेक रोका, मनिस पंगेनी, बिमल सुनार, अस्मिता थापा, अनिसा थापा स्मृति सिंह, साधना रेग्मी लगायत रहेका छन् ।

नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि सभापति शेर बहादुर देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन्।देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जसपाले भने नयाँ सरकारबारे खासै चासो राखेको छैन । जसपा भित्रका महन्थ ठाकुर र राजेन्द्र महतो केपि ओली नेतृत्वको सरकारमा जाने गरी छलफल चलाईरहेका छन् भने उपेन्द्र यादव र डा। बाबुराम भट्टराई नयाँ सरकार गठनमा चासो राखिरहेका छन् । जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन । यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।काँग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार