१२मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण,प्रधानमन्त्रीकै तीन वर्षको कमाइ गुपचुप,तैँ चुप मै चुप | Samacharpati १२मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण,प्रधानमन्त्रीकै तीन वर्षको कमाइ गुपचुप,तैँ चुप मै चुप – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • १२मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण,प्रधानमन्त्रीकै तीन वर्षको कमाइ गुपचुप,तैँ चुप मै चुप

१२मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण,प्रधानमन्त्रीकै तीन वर्षको कमाइ गुपचुप,तैँ चुप मै चुप

१२मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण,प्रधानमन्त्रीकै तीन वर्षको कमाइ गुपचुप,तैँ चुप मै चुप

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक नियुक्त गरेका मन्त्रीहरुले दुई महिना बितिसक्दा पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

सुशासन र पारदर्शिताको नारा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षयता कति सम्पत्ति आर्जन गरे रु कानूनतः अपडेट हुनुपर्ने प्रधानमन्त्रीको तीन वर्षको कमाइसमेत सार्वजनिक भएको छैन । मन्त्री पदमा नियुक्त भएको ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहे पनि पछिल्लोपटक मन्त्रिमण्डलमा पुगेका मन्त्रीहरुले विवरण बुझाएका छैनन् । बुझाएका केही मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएर पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छैन ।

प्रत्येक मन्त्रालयका दैला र भित्ताहरुमा सुशासन, जवाफदेहिता र पारदर्शिताको नारा टाँसिए पनि व्यवहारमा भने यसअघिका सरकारले गर्ने सामान्य प्रचलनलाई पनि ओली सरकारले लत्याएको छ । सुशासन र पारदर्शिताको नारा दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । यसअघिका सरकारले प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेता पनि वर्तमान सरकारका केही मन्त्री बाहेक अन्यको विवरण गोप्य राखिएको छ । वेबसाइटमार्फत ५ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिए पनि त्यो ३ वर्ष पुरानो हो, जतिबेला उनीहरु भर्खर प्रधानमन्त्री र मन्त्रीमा नियुक्त भएका थिए ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–माधव समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएपछि त्यसको ५ दिनपछि प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीसहित ११ जनालाई मन्त्री बनाए । उनीहरुले मन्त्री पद सम्हालेको ७६ दिन भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बहालवाला अन्य ८ मन्त्रीको सम्पत्ति विवरण ‘प्राप्त’ गरे पनि सार्वजनिक नगरी लुकाएर राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको सम्पत्ति विवरण ‘प्राप्त भएको’ भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री कार्यालयको वेवसाइटमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्याल गरी ५ मन्त्रीको मात्र सम्पत्ति विवरण सार्वजनिक राखिएको छ ।तर, तीन वर्षअघि प्रधानमन्त्री र यी मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिए पनि प्रत्येक वर्ष अध्यावधिक गर्दै जानुपर्नेमा पुरानै विवरण राखिएको छ । तीन वर्षयता प्रधानमन्त्री र मन्त्रीहरुले कति सम्पत्ति आर्जन गरे रु यो सार्वजनिक गरिएको छैन ।(रातोपाटी )

आजको ट्रेन्डिङ समाचार