नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी,पहिलोपटक महिलाको नेतृत्व | Samacharpati नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी,पहिलोपटक महिलाको नेतृत्व – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी,पहिलोपटक महिलाको नेतृत्व

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी,पहिलोपटक महिलाको नेतृत्व

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी,पहिलोपटक महिलाको नेतृत्व

नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् ।

भण्डारी पत्रकार महासंघ, कास्कीकी पहिलो महिला अध्यक्ष बनेकी छन् ।काँग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चौतारी माधव नेपाल समूहको गठबन्धनको नेतृत्व लिएकी भण्डारीले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशवशरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् ।

बिमलाले १७४ मत प्राप्त गर्दा केशवशरणले १२१ मत ल्याए ।यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरे। रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए ।महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् । जमुनाको पक्षमा १५१ र रबिना आलेको पक्षमा १४३ मत खस्यो ।सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता