नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदानसुरु, के पुरा गर्लान त श्रमजिवी पत्रकारका माग ? • Nepal's Trusted Digital Newspaperनेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदानसुरु, के पुरा गर्लान त श्रमजिवी पत्रकारका माग ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदानसुरु, के पुरा गर्लान त श्रमजिवी पत्रकारका माग ?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदानसुरु, के पुरा गर्लान त श्रमजिवी पत्रकारका माग ?

  • बुधबार, चैत्र २५, २०७७
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदानसुरु, के पुरा गर्लान त श्रमजिवी पत्रकारका माग ?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।

बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।कास्कीमा २२ पदका लागि ४६ जनाको उम्मेद्धवारी परेको छ । अध्यक्षमा बिमला भण्डारी र केशव शरण लामिछाने प्रतिष्पर्धा रहेका छन्।

भने उपाध्यक्ष पदमा अर्जुन गिरी र रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा र रविना आलेको उम्मेदवारी परेको छ।यस्तै सचिव पदमा माधव बराल र दीपक परियार, समावेशी सहसचिवमा दीपककुमार श्रेष्ठ र रेम बहादुर विक, सहसचिवमा मानबहादुर घर्ती र श्रीराम सिग्देलको उम्मेदवारी परेको छ।यस्तै कोषाध्यक्षमा एकराज गिरी, ओमप्रकाश उपाध्याय र कृष्ण दवाडी, आदिवासी जनजाति सदस्यमा खीमाकुमारी गुरुङ र पदम श्रेष्ठ, अन्य समावेशी सदस्य पदका लागि जैनव खातुन र सूर्यबहादुर परियारले उम्मेदवारी दिएका छन्।यसैगरी, खुला कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ ।

जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धनबहादुर गुरुङ ९सुमन०, पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा ,भेषराज सुवेदी ९जीवन सुवेदी०, रोहितराज पराजुली, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ र हरि पन्त रहेका छन्।यस्तै राष्टिय परिषद सदस्यमा १४ जना र प्रदेश परिषद सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका