२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ | Samacharpati २ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • २ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताउनुभयो । ​

गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

आजको ट्रेन्डिङ समाचार