परिवर्तन युवा समुह द्धारा आयाेजित बृहत नि:शुल्क दन्त शिविर  सम्पन्न | Samacharpati परिवर्तन युवा समुह द्धारा आयाेजित बृहत नि:शुल्क दन्त शिविर  सम्पन्न – Samacharpati
Samacharpati
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • परिवर्तन युवा समुह द्धारा आयाेजित बृहत नि:शुल्क दन्त शिविर  सम्पन्न

परिवर्तन युवा समुह द्धारा आयाेजित बृहत नि:शुल्क दन्त शिविर  सम्पन्न

परिवर्तन युवा समुह द्धारा आयाेजित बृहत नि:शुल्क दन्त शिविर  सम्पन्न
photo source: pariwatan club

सुनिता कार्की, फेदिखाेला, २१ चैत । स्याङजा फेदिखोला गाउँपालिका वडा नं २ खड्केटारीमा चैत्र २० गते शुत्रबार परिवर्तन युवा समुह  द्धारा आयाेजित एक बृहत नि:शुल्क दन्त शिविर  सम्पन्न भएकाे छ ।

 

परिवर्तन युवा समुह  द्धारा आयाेजित नि:शुल्क दन्त शिविरमा कार्यक्रम समयाेजक हितेस अधिकारी र आर डि याच मनिका गुरूङ  तथा  कान्तिपुर इन्सिच्यूट अफ हेल्थ साइन्सेस कान्तिपुर डेन्टल हस्पिटल बाट २० जना दन्त चिकित्सक काे सहयाेगमा दन्त स्वास्थ्य जनचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।


परिवर्तन युवा समुहले बिगतका दिनहरूमा पनि  निकै उल्लेखनिय काम गर्द्रै आएकाे छ । मृगाैला पिडित, क्यानसर पिडित, मुटु राेगीलाइ समेत आर्थिक सहयाेग गर्द्रै हरेक वर्ष एक स्वास्थ्य शिविर राखेर बिरामिहरूलाइ स्वास्थ्य लाभ लिनकाे लागि सहयाेग पूर्याएकाे छ ।

अघिल्लाे वर्ष पनि परिवर्तन युवा समुहले नि:शुल्क आखाँ शिविर आयाेजना गरेकाे थियाे भने अहिले नि:शुल्क दन्त शिविर राखेर दातका बिरामिहरूलाइ उचित परामर्श लिन र दात चेकअप गराउन सहयाेग पुर्याएकाे छ ।

दन्त शिविर कार्यक्रम बिहान ८ बजे देखि शुरू भइ बेलुका ४ बजे सम्पन्न भएकाे थियाे । दन्त शिविर दन्त स्वास्थ्य जनचेतना तथा परिक्षण अगाडि स्वागत कार्यक्रम गरेर  दन्त  चेक जाँच कार्य भएकाे थियाे ।

उक्त कार्यक्रममा परिवर्तन युवा समुहका उपाअध्यक्ष्य मनाेज कार्की ले  स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने शुभकामना मन्तव्य परिवर्तन युवा समुहका सल्लाकार समिति समयाेजक जित जङ कार्की ,निर्वतमान अध्यक्ष हाेम बहादूर खत्री,कान्तिपुर डेन्टल हस्पिटलका डाक्टर माेहन काेइरला, विशिष्ट अतिथि फेदिखाेला गाउँपालिकाका वडा सदस्य इन्द्र बहादुर अधिकारी साथै प्रमुख अतिथि फेदिखाेला गाउँपालिकाका वडा अध्यक्ष हिमालय जङ बानिया ले राख्नुभएकाे थियाे ।

परिवर्तन युवा समुहका अध्यक्ष्य डेलनारायण शर्मा काे अध्यक्ष्यतामा रहेकाे कार्यक्रम परिवर्तन युवा समुहका सह सचिव हिक्मत जङ कार्की ले संचालन गर्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अथितिले परिवर्तन युवा समुहले बिगतमा गरेका उल्लेखनिय कार्यहरूकाे कविता मार्फत गुणगान गाउँर्दै कार्यक्रमा शुभकामना दिनुभएकाे थियाे ।

सबैभन्दा पहिला प्रमुख अतिथिकाे दन्त चेकजाँच गरेर दन्त स्वास्थ्य जनचेतना तथा परिक्षण कार्यक्रमकाे उद्घाटन भएकाे थियाे । क्रमश अरू उपस्थित दन्त बिरामीहरूले पनि चेक जाँच गराएका थिए । नि:शुल्क दन्त शिविरमा २०० भन्दा माथि दन्त बिरामिले दन्त चिकित्सकसँग चेक जाँच तथा सल्लाह सुझाव लिएका थिए ।

साथै कान्तिपूर डेन्टल हस्पिटलका डा माेहन काेइरलाले मुखकाे क्यानसरबाट बच्न दातकाे सरसफाइ गर्नुपर्ने दातकाे बिषयमा कति पनि हेलचेक्राइ गर्नु नहुने कुरा प्रष्ट पार्दै् यस्ता स्वास्थ शिविरले स्वास्थ्य जानकारी लिनकाे लागि बिरामिलाइ ठूलाे मदत पुग्ने हुदाँ यस्तै स्वास्थ्य शिविमा अागामि दिनमा पनि सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।

दन्त बिरामि चेक जाँच गरेपछाडि कान्तिपुर डेन्टल हस्पिटल बाट आउनुभएका सम्पूर्ण दन्त चिकित्सकहरूलाई परिवर्तन युवा समुहले धन्यवाद दिदैँ   प्रमुख अतिथि विशिष्ट अतिथि द्धारा मायाकाे चिनाे वितरण गरि परिवर्तन युवा समुहका अध्यक्ष्य डेलनारायण शर्मा द्धारा कार्यक्रम समापन गरिएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार