गुल्मीकी १४ बर्षिय किशोरीको कोखमा आफनै बाबुको ७ महिनाको बच्चा उनि भन्छिन((मलाई मार्ने धम्की आउथ्यो)) | Samacharpati गुल्मीकी १४ बर्षिय किशोरीको कोखमा आफनै बाबुको ७ महिनाको बच्चा उनि भन्छिन((मलाई मार्ने धम्की आउथ्यो)) – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • गुल्मीकी १४ बर्षिय किशोरीको कोखमा आफनै बाबुको ७ महिनाको बच्चा उनि भन्छिन((मलाई मार्ने धम्की आउथ्यो))

गुल्मीकी १४ बर्षिय किशोरीको कोखमा आफनै बाबुको ७ महिनाको बच्चा उनि भन्छिन((मलाई मार्ने धम्की आउथ्यो))

गुल्मीकी १४ बर्षिय किशोरीको कोखमा आफनै बाबुको ७ महिनाको बच्चा उनि भन्छिन((मलाई मार्ने धम्की आउथ्यो))

गुल्मीको रेसुङ्गास्थित उपल्लो तम्घास माविमा कक्षा ६ मा अध्ययनरत छात्रा सीता मगर ९नाम परिवर्तन० को स्वास्थ्यमा गत महिना अचानक अचम्मको परिवर्तन देखिन थाल्यो ।

हातखुट्टा सुन्निए, पेटको आकार पनि बढ्दै गयो । १४ वर्षीया सीताको यो अवस्था देखेर साथीहरूदेखि शिक्षकरशिक्षिका समेत अचम्ममा परे ।उनको आर्थिक अवस्था कमजोर थियो । स्वास्थ्य जाँच गराउन भनेर शिक्षक र विद्यालयका कर्मचारीले १ हजार रूपैयाँ संकलन गरे ।त्यसपछि सीताको आमा र साथीको परिवारसँग सम्पर्क गरेर उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लैजान भनियो ।

दुई साताअघि उनलाई जिल्ला सदरमुकाम तम्घास ल्याएर चेकजाँच गरियो । अस्पतालमा चिकित्सकले भिडियो एक्सरे गरेर मात्र केही भन्न सकिने बताए ।
भिडियो एक्सरे गर्दा पेटमा ३० हप्ता १ दिनको बच्चा रहेको पत्ता लाग्यो । छोरीको पेटमा ७ महिनाको बच्चा रहेको पुष्टि भएपछि सीताकी आमा छाँगाबाट खसेजस्तै भइन् । विद्यालयमा पनि सन्नाटा छायो ।कसको गर्भ हो भनेर सोधखोज गर्दा सीताले आफ्नै बुवाले १ वर्षदेखि आफूलाई निरन्तर बलात्कार गर्दै आएको खुलाइन् ।

तिनै सीताले गत शुक्रबार छोरालाई जन्म दिएकी छन् ।अहिले अस्पतालमै रहेकी सीताले आफूलाई धम्की दिएर बुवाले नै बलात्कार गर्ने गरेको बताइन् ।

‘मलाई १ वर्षदेखि बुवाले जबरजस्ती गर्ने गर्थे । अरूलाई भने तँलाई धामीझाँक्री लगाएर मारिदिन्छु समेत भन्थे । त्यही भएको हुनाले मैले कसैलाई भन्न सकिनँ,’ सीताले अस्पतालको बेडबाटै भनिन् ।उनले थपिन्, ‘उहाँ पल्लो विस्तारामा सुत्नुहुन्थ्यो । आमा निदाएपछि मेरो विस्तारामा आउनुहुन्थ्यो । कसैलाई भनिस् भने मारेर फल्दिन्छु । पुलिसकहाँ उजुरी गरे दुईतीन दिनमा निस्किन्छु अनि सबैलाई मार्दिन्छु भनेर डर देखाएपछि कसैलाई नभनेकी हुँ । मैले आमालाई पनि भन्न सकिनँ । आमा पनि सोझो हुनुहुन्छ ।’ उनले स्वास्थ्य जाँच गराउनुअघि आफूलाई गर्भवती भएको थाहा नभएको बताइन् । भिडियो एक्सरेपछि नै आफूलाई गर्भबारे थाहा भएको उनको भनाइ छ ।(lokantar)

आजको ट्रेन्डिङ समाचार