के यातायात ब्यवसाय थलिएकै हो त?फेरी यसरी कडाई गर्दै | Samacharpati के यातायात ब्यवसाय थलिएकै हो त?फेरी यसरी कडाई गर्दै – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • के यातायात ब्यवसाय थलिएकै हो त?फेरी यसरी कडाई गर्दै

के यातायात ब्यवसाय थलिएकै हो त?फेरी यसरी कडाई गर्दै

के यातायात ब्यवसाय थलिएकै हो त?फेरी यसरी कडाई गर्दै

कोरोनाको बितृष्णा बढेको तपाँई हामीलाई सर्वबिदितै कोरोना भन्ने बित्तिकै झयाप्प पेलिेने भनेको यातायात हो ।

कहिले राजनितिक आन्दोलन ?, कहिले भाडा बृद्धिको निउ ?,कहिले बिद्यार्थीको आन्दोलनको निउ ? हरेक बिषयमा पहिलो चरणमा थलिने ब्यवसाय हो यातायात । फेरीपनि

कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ ।शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमूख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो ।

प्रमूख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि पराजुलीले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

आजको ट्रेन्डिङ समाचार