कैदीमा सबैभन्दा बढी बलात्कारका दोषी, बालिका कहिले सुरक्षित ?,भागरथीको भेजाइनल स्वाबमा दिनेश भट्टको डीएनए मेल खायो | Samacharpati कैदीमा सबैभन्दा बढी बलात्कारका दोषी, बालिका कहिले सुरक्षित ?,भागरथीको भेजाइनल स्वाबमा दिनेश भट्टको डीएनए मेल खायो – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कैदीमा सबैभन्दा बढी बलात्कारका दोषी, बालिका कहिले सुरक्षित ?,भागरथीको भेजाइनल स्वाबमा दिनेश भट्टको डीएनए मेल खायो

कैदीमा सबैभन्दा बढी बलात्कारका दोषी, बालिका कहिले सुरक्षित ?,भागरथीको भेजाइनल स्वाबमा दिनेश भट्टको डीएनए मेल खायो

कैदीमा सबैभन्दा बढी बलात्कारका दोषी, बालिका कहिले सुरक्षित ?,भागरथीको भेजाइनल स्वाबमा दिनेश भट्टको डीएनए मेल खायो

फागुन २९ गते मोरङको रतुवामाई नगरपालिका– ४ सिंगारी बस्ने ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीया फुदिया मुखिया पक्राउ परे ।यस्तै बैतडीको दोगडाकेदार गाउँपालका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भयो । हत्या अभियोगमा सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्‍यो । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार यो आर्थिक वर्षको पछिल्लो ९ महिनामा १ हजार ४४९ वटा बलात्कारका घटना प्रहरीमा उजुरीका रूपमा दर्ता भएका छन्, जसमा ११ वर्षदेखि १६ वर्षसम्मका पीडित ५ सय ४४ र १० वर्षमुनिका पीडित १ सय ७४ गरी कुल ७ सय १८ उजुरी परेको प्रहरीको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा ११ देखि १६ वर्षसम्मका ८ सय १ र १० वर्षमुनिका २ सय ७३ गरी १ हजार ७४ वटा उजुरी दर्ता भएका छन् ।प्रहरीको तथ्यांकलाई हेर्ने हो भने १६ वर्षसम्मका किशोरी तथा बालिकाहरू सबैभन्दा धेरै बलात्कारको शिकार भएको देखिन्छ । त्यसपछि १७ देखि २५ वर्षसम्मका युवतीहरू बलात्कारको शिकार भएका छन् ।चालू आर्थिक वर्षमा १६ वर्षमुनिका ४ सय ४२ जना तथा आर्थिक वर्ष २०७६र०७७ मा ७ सय ७१ जना किशोरी तथा बालिका बलात्कारको शिकार भएको प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकले देखाउँछ । प्रहरीका अनुसार ७५ प्रतिशत आफ्नै आफन्त र चिनजानका मानिस बाट बलात्कार हुने गरेको छ ।जेलका कैदीबन्दीमा सबैभन्दा बढी बलत्कार घटनाका छन। लोकान्तर।।।।।।।।।।।।।।

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की भागरथी भट्टको भेजाइनल स्वाबमा भेटिएको डीएनए र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मेल खाएको छ ।बलात्कारपछि हत्या गरिएकी भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनए दिनेशसँग मेल खाएको प्रहरीले जानकारी दिएको छ ।डीएनए मेल खाएको रिपोर्ट राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट आएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।बलात्कार र हत्या आरोपमा पक्राउ परेका दिनेश पुर्पक्षका लागि डोटीस्थित सुधार गृहमा छन् ।

आजको ट्रेन्डिङ समाचार