हुम्लामा पनि जनगणनासम्बन्धी सेचतना कार्यक्रम सम्पन्न,अबको जनगणना यसरी हुदैछ • Nepal's Trusted Digital Newspaperहुम्लामा पनि जनगणनासम्बन्धी सेचतना कार्यक्रम सम्पन्न,अबको जनगणना यसरी हुदैछ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हुम्लामा पनि जनगणनासम्बन्धी सेचतना कार्यक्रम सम्पन्न,अबको जनगणना यसरी हुदैछ

हुम्लामा पनि जनगणनासम्बन्धी सेचतना कार्यक्रम सम्पन्न,अबको जनगणना यसरी हुदैछ

  • बिहिबार, चैत्र १२, २०७७
हुम्लामा पनि जनगणनासम्बन्धी सेचतना कार्यक्रम सम्पन्न,अबको जनगणना यसरी हुदैछ

मेरो जनगणना, मेरो सहभातिा २०७८ भन्ने नारालाई सार्थक बनाउन हुम्ला पनि जनगणनासम्बन्धी सेचतना कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रममा राष्ट्यि जनणनाका लागि शुरुदेखि अन्तिमसम्म गर्नुपर्ने काम, कर्तव्य र तत्सम्बन्धी विविध जानकारी आदानप्रदान
गरिएको छ ।

हुम्ला जिल्लालाई दुई खण्डमा विभाजन गरेर जनगणना गरिने भएको छ । सिमकोटलाईआधार मानेर सिमकोट, खार्पुनाथ र नाम्खा गापाका जनजणनाको काम गरिनेछ भने सर्केगाडआधार बनाएर सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट चार गापामा काम गरिने जानकारी जिल्ला जनगणना अधिकारी विनोद भट्टले दिनुभएको छ ।

जिल्लामा शुरु गरिने जनगणनालाई व्यवस्थित, छिटो छरितो र सफल बनाउनका लागि जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्लास्तरीय जनजणना सहजीकरण संयन्त्रमागठन गरिने छ । यसमा जिल्ला समन्वय समितिका उपसंयोजक सहितका जनप्रतिनिधिहरु रहने
छन् ।

यसै गरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समिति गठन हुने भएको छ । यसमा पनि विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि रहने भएका छन् । यसका साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा जिल्लास्तरीय जनगणनासहजीकरण समिति गठन गरिने भएको छ । यी सबै सतितिहरुले प्राविधिक तथा प्रशासनिक कामका लागि सहयोग गर्ने गराउने भएका छन् ।

हुम्ला जिल्लामा जनगणना सम्पन्न गर्नका लागि स्नातक उतिर्ण गरेका १६ जना सुपरिवेक्षकआवश्यक पर्ने भएको छ भने १२ कक्षा उतिर्ण ८० जनगणकको आवेदन पनि माघ ११ देखि चैत ११ समम माग गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका