राष्ट्रिय नागरिक पार्टी जिल्ला अध्यक्ष कार्कीलाई मातृशोक | Samacharpati राष्ट्रिय नागरिक पार्टी जिल्ला अध्यक्ष कार्कीलाई मातृशोक – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • राष्ट्रिय नागरिक पार्टी जिल्ला अध्यक्ष कार्कीलाई मातृशोक

राष्ट्रिय नागरिक पार्टी जिल्ला अध्यक्ष कार्कीलाई मातृशोक

राष्ट्रिय नागरिक पार्टी जिल्ला अध्यक्ष कार्कीलाई मातृशोक

पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्की जिल्ला अध्यक्ष तथा मानव सेवा आश्रम पोखराकी अभियान्ता सृजना रिजाल कार्कीलाई मातृ शोक परेको छ । उहाँकी आमा खेमकुमारी रेग्मी (रिजाल)को शनिबार राति चितवनको सिएमसि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक सदस्यले वताए ।

नेपाली काँग्रेसकी क्रियाशिल सदस्य समेत रहेकी नवलपुर गैंडाकोट नगरपालिका वडा नं. ५ निवासी ७० वर्षिय रिजालको आइतबार नारायणी नदिमा अन्तिम दाह संस्कार गरिएको हो । उनका पति, एक छोरा, दुई छोरी, बुहारी नातीनातिना छन् ।

स्वर्गिय रिजालका पति पशुपति रिजाल नेपाली कांग्रेस गैँडाकोट आजीवन सदस्य, टोल बिकास संस्था सन्जाल गैँडाकोट ५ नवलपरासी (वर्दघाट सुस्ता पुर्व) का अध्यक्ष एवं नवलपुर घर जग्गा व्यवसाय समितिका संस्थापक एवं सल्लाहकार समेत हुन्।

छोरा हिमाल रिजाल मोडल, रेस्टुरेण्ट व्यवसायी, नेपाली कांग्रेसका क्रियाशील सदस्य, नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य, नेपाल रेस्लिंग एसोसिएशन अफ हिमालयन टाइगरको राष्ट्रीय तथा अन्तराष्ट्रीय ब्राण्ड अम्बास्डर हुन् ।

जेठी छोरी सीता रिजाल कार्की समाजसेवी हुन्। उनका कान्छी छोरीज्वाई पोखरा ८ न्युरोड निवासी सागर कार्की राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सहमहामन्त्री हुन् ।

आजको ट्रेन्डिङ समाचार