सांसदहरुलाइ हाइसुुख,प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च | Samacharpati सांसदहरुलाइ हाइसुुख,प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • सांसदहरुलाइ हाइसुुख,प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च

सांसदहरुलाइ हाइसुुख,प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च

सांसदहरुलाइ हाइसुुख,प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च

संघीय सांसदहरूको प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको छ।

संसद्को अधिवेशन आह्वान भएका बेला संसद् बैठकमा उपस्थित हुनका लागि आउने तथा अधिवेशन अन्त्य भएपछि गृहजिल्ला फर्किने बेला प्लेन वा गाडी भाडाबापत हालसम्म उक्त रकम खर्च भएको हो।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार अधिवेशन आह्वान भएपछि प्रत्येक अधिवेशनमा १३ लाख ५५ हजार ९९६ रुपैयाँ टिकटबापत खर्च हुने गरेको छ । सोही रकम अधिवेशन सकिएपछि सांसदहरू घर फर्किने बेला खर्च हुने संसद् सचिवालयले जनाएको छ ।प्राप्त भएको तथ्यांकअनुसार प्रतिनिधि सभाका कुल १ सय २६ जना सांसदले प्लेन टिकट वा गाडी भाडाबापत खर्च लिने गरेका छन् । प्रतिनिधि सभामा कुल १ सय २६ सांसदको एक तर्फको भाडाबापत १० लाख २७ हजार १ सय ६६ रूपैयाँ खर्च हुन्छ। आउदा र जाँदा गरेर २० लाख ५४ हजार ३३२ रूपैयाँ खर्च हुने गरेको छ ।

त्यसैगरी राष्ट्रिय सभामा कुल ४१ जना सांसदले प्लेन तथा गाडी भाडा पाइरहेका छन्। अधिवेशनमा सहभागी हुनका लागि आउने बेलामा ३ लाख २८ हजार ८३० रुपैयाँ खर्च हुने गरेको छ। आउदा र जाँदा ६ लाख ५७ हजार ६६० रूपैयाँ खर्च हुने गरेको छ। हालसम्म संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशन आतेजाते खर्चका लागि प्रतिनिधि सभातर्फ छैठौं अधिवेशन सम्पात भई फर्कंदासम्मको खर्च भुक्तानी गरिएको छ । जसमा कुल १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्का सूचना अधिकारी तथा सहायक प्रवक्ता समेत रहेका दशरथ धमलाका अनुसार प्रतिनिधि सभा पुनस्स्थापना भएपछि माघ २३ गते शुरू भएको अधिवेशनमा सांसदहरू आउँदा भएको खर्च भुक्तानी हुन बाँकी छ ।(lokantar)

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता