शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार लौडारी आज सम्मानित हुदै | Samacharpati शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार लौडारी आज सम्मानित हुदै – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार लौडारी आज सम्मानित हुदै

शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार लौडारी आज सम्मानित हुदै

शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार लौडारी आज सम्मानित हुदै

पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार मङ्गलबार (आज) पोखराका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिने भएको छ ।

पूर्णप्रसाद/मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित दोसल्ल्ला र सम्मानपत्र छ ।

नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा बिहान ८ बजे हुने समारोहमा पत्रकार लौडारीलाई पुरस्कार अर्पण गरिने नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागिताका लागि युनियनले सबैलाई आग्रह गरेको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गर्न लागिएको छ ।

यसअघि सो पुरस्कार पोखराका पत्रकार राजबहादुर गुरुङलाई अर्पण गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार