रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन | Samacharpati रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन

रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन

रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन

पोखरा, चैत । रेडियो अन्नपूर्णले यही चैत २१ गते (शनिबार) पोखरामा आयोजना गर्ने रंत्तदान कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । रेडियोका स्टेशन म्यानेजर संजय मल्लको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको हो ।

जीवन बचाउन, गरौं रक्तदान ! भन्ने नारा सहित आयोजना हुने उत्त कार्यक्रम सफल पार्न संघ संस्था परिचालन संयोजकमा द्धय माधव बराल र आरजु शिष्ट शल्यानी, प्रचार संयोजकमा द्धय सन्तोस बस्याल र कृष्ण सु्वेदी, प्रमाणपत्र वितरण एवं छपाई संयोजकमा अगन्धर सुवेदी, जलपान व्यवस्थापनमा शोभा नेपाल, प्राविधिक संयोजकमा नारायण कुइकेल, स्वयम सेवक परिचालन संयोजकमा कविता श्रेष्ठ, रक्तदान कार्यक्रमको प्रत्यक्ष प्रशारण संयोकजमा कन्चन थापा, रक्तदानको प्रमोशनल कार्यक्रमका संयोजकमा सरिता पहारी रहेका छन्।

रेडियोले सामाजिक उत्तरदाहित्व अन्र्तगत यस बर्ष पनि चैतको तेश्रो शनिबार आयोजना हुने उत्त कार्यक्रमको तयारी तिव्र पारिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । रेडियोले यस बर्ष पनि आफ्ना शुभेच्छुकहरुको साथ र सहयोगले नयाँ रंत्तदाताहरुको खोजि गर्ने अभियानमै रहेको संयोजक बरालले जनाए ।
उक्त कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी कास्की, क्षेत्रिय रक्त संचार सेवा, पोखराले गर्ने भएको छ । त्यसै गरी उत्त कार्यक्रमलाई सफल पार्न फिस्टेल हस्पिटल, नेलम्वो नेपाल, पोखरा इन्टरनेट प्रा.लि., सपना आयूर्वेद प्रा.लि., लायन्स क्लब अफ पोखरा गण्डकी दोभान पोखरा, लायन्स क्लव अफ पोखरा सेन्टिनियल पोखरा, एक्टिभ इन्स्टिच्यूट अफ इन्फरमेसन टेक्नोलोजी पोखरा, बाजेको माछा महल शान्तिनगर पोखरा, गैह््रापाटनको तालबाराही फार्मेसी, न्यू राष्ट्रिय छापाखाना पोखराले सहयोग गरेको रेडियोले जनाएको छ ।

उत्त कार्यक्रमलाई प्राईम सहकारी संस्था र नेपाल इन्स्योरेन्स प्रोफेश्नल सोसाइटी (निप्स) पोखराले सहकार्य गरेका छन भने डाबर नेपाल प्रा.लि.ले जुस, आर.एल.पि.अण्डा सप्लायर्स एंव संचालक राजु पौडेलद्धारा अण्डा र फलफुल, पेनगुइन मिनरल वाटरले पानी प्रायोजन गरेको रेडियोका मार्केटीङ म्यानेजर नारायण पौडेलले बताए ।

आजको ट्रेन्डिङ समाचार