प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित | Samacharpati प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ । तर फागुन ९ गते नै पेश भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल नै भएको छैन ।

फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि एक दिनअघि सूचना टाँसेर स्थगित गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार