गण्डकी प्रदेशका एमालेका नेतामा उत्साह, माओवादीमा भने निराश | Samacharpati गण्डकी प्रदेशका एमालेका नेतामा उत्साह, माओवादीमा भने निराश – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशका एमालेका नेतामा उत्साह, माओवादीमा भने निराश

गण्डकी प्रदेशका एमालेका नेतामा उत्साह, माओवादीमा भने निराश

गण्डकी प्रदेशका एमालेका नेतामा उत्साह, माओवादीमा भने निराश

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पोखरामा ओली समूहका विद्यार्थीले दीपावली नै गरे । एमाले ब्यूँतिएको र सूर्य चिह्न पाएकोमा उनीहरुले खुसी मानेका हुन् ।

५ पुसमा संसद विघटनसँगै ओली र प्रचण्ड(माधव समूहमा विभाजित नेकपामा सूर्य चिह्न र पार्टीको आधिकारिकता कसले पाउँछ भन्ने चासो थियो । तर नेकपाको नाम विवादमा सर्वोच्चले एमाले ब्यूँताइदिएपछि ओली समूह बलियो रहेको गण्डकी प्रदेशमा धेरै नेता कार्यकर्ता खुसी देखिए ।गण्डकी प्रदेशका मन्त्री र सांसद पनि खुसी देखिए । पूर्ववत अवस्थामा फर्किँदा कार्यकर्तामा ऊर्जा बढेको र सरकार पनि यथावतै रहने अर्थमन्त्री किरण गुरुङको दाबी छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ जना एमालेका सांसद छन् । त्यसमध्ये २६ जना ओली समूहकै छन् । राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेको छ । अब पनि त्यो कायमै रहने जनमोर्चाका प्रदेश सभा सांसद कृष्ण थापाले बताए । मनाङबाट स्वतन्त्र निर्वाचन जितेका सांसद राजीव गुरुङले सरकारलाई समर्थन गर्ने बताएका छन् । यसरी हेर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत जित्न पुग्ने ३१ सदस्य उनीसँग छन् ।कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।प्रदेश सरकारमा माओवादीका दुई मन्त्री छन् । सर्वोच्चको फैसलाअनुसार प्रचण्ड(माधव समूहमा रहेका नेताहरु पूर्व पार्टीमा फर्किने सोमबारको निर्णयप्रति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको अनुहार निनाउरो देखियो ।

मुख्यमन्त्री गुरुङ अब सर्वोच्चको आदेशलाई स्वीकार गरेर पार्टी र सरकार निर्माणमा जुट्नुको विकल्प नभएको बताउँछन् । उनले सरकारले विश्वासको मत लिनुपर्ने स्थिति नआउनेमा विश्वस्त रहेको बताए । ‘अप्ठेरो परिस्थिति आउँदैन भन्नेमा गण्डकी प्रदेश सरकार ढुक्कै छ,’ उनले भने ।साविक एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको भोट पाएर गुरुङ मुख्यमन्त्री भएका थिए । माओवादी र जनमोर्चाले समर्थन फिर्ता लिएमा भने गुरुङले विश्वासको मत लिनुपर्ने हुन्छ ।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको सरकार पनि एमाले र माओवादी केन्द्रकै बन्नुपर्ने धारणा सार्वजनिक गरिसकेकाले मुख्यमन्त्री गुरुङ अप्ठेरोस्थिति नआउनेमा ढुक्क देखिन्छन् ।

‘उमाले पक्षका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, धनञ्जय दवाडी, पुष्पा केसी भण्डारी, मनबहादुर गुरुङ, मिना गुरुङ, सृजना शर्मा, इन्द्रधारा डादु विष्ट, कृष्णबहादुर थापा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ, इन्द्रलाल सापकोटा, जुनादेवी नेपाली, प्रभा कोइराला, महेन्द्रबहादुर थकाली, मित्रकुमारी गुरुङ, मायानाथ अधिकारी, मिनप्रसाद गुरुङ, मोहनप्रसाद रेग्मी, राजीव पहारी, रामबहादुर गुरुङ, रोशनबहादुर गाहा थापा, लक्ष्मी सुनार, विकास लम्साल, सावित्रा राना हुन भने माओवादी सांसद हरिबहादुर चुमान, लेखबहादुर थापा, नेत्रनाथ अधिकारी, रामजी बराल, दीपक कोइराला, आशा कोइराला, गायत्री गुरुङ, दीपक थापा, दिलमाया रोका, मधुमाया अधिकारी, चन्द्रबहादुर बुढा, विनोद केसी हुन ।(onlonekhabar)

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता