कास्कीको चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ सुनसान | Samacharpati कास्कीको चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ सुनसान – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • कास्कीको चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ सुनसान

कास्कीको चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ सुनसान

कास्कीको चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ सुनसान

कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका(६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो ।

कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्याम्प सुनसान भएको अष्ट्रेलियन क्याम्पका पर्यटन व्यवसायी बताउँछन् ।

कुनै बेलाको गौचरन ठूलो खर्क अहिले पर्यटनका लागि प्रख्यात भए पनि कोरोनाले समस्या ल्याएको ट्रेकिङ व्यवसायी बताउँछन् । पोखराको फेदीदेखि पदयात्रामार्फत धम्पुस हुँदै अष्ट्रेलियन क्याम्प र अष्ट्रेलियन क्याम्प हुँदै फर्किँदा काँडे आउने पदमार्गको रुट छ तर पछिल्लो समय धम्पुससम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।

हाइकिङ गरी अष्ट्रेलियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छ्रे हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिएपछि अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान भएको अष्ट्रेलियन क्याम्पमा २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अष्ट्रेलियन क्याम्प गेष्टहाउस तथा रेष्टुरेण्टका सञ्चालक हरिबहादुर केसीले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार