लमजुङ जिल्लाको विकट प्रोवीगाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीयवासी हर्षित | Samacharpati लमजुङ जिल्लाको विकट प्रोवीगाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीयवासी हर्षित – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • लमजुङ जिल्लाको विकट प्रोवीगाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीयवासी हर्षित

लमजुङ जिल्लाको विकट प्रोवीगाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीयवासी हर्षित

लमजुङ जिल्लाको विकट  प्रोवीगाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीयवासी हर्षित

लमजुङ जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।

गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दबाडीले प्रसारण लाइनको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशले प्रदेशका सबै गाउँठाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ तीव्रगतिमा काम गरेको बताउनुभयो । यसअघिका सरकारले गर्न नसकेको काम केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकार आएपछि ठूला–ठूला विकासले गति पाउन थालेको उहाँको भनाइ छ । जनताको अत्यावश्यकतालाई मध्यनजर गरी विकासको गति बढाएकाले ढिलो चाँडो सबै जनताले विकासको अनुभूति गर्न पाउने भएकाले सबैलाई आशावादी हुन आग्रह गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकको आवश्यकता पूरा गर्नका लागि तीनवटै तहको सरकार लागिपरेकाले विकासले गति लिन थालेको बताउनुभयो । वर्तमान सरकारका कारण नै यस गाउँका स्थानीयवासीले वर्षौँवर्षदेखिको उज्यालो गाउँ देख्ने सपना पूरा भएको उहाँको भनाइ छ ।अन्धकारमा जीवनयापन गर्दै आएका यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि धेरै खुशी भएका छन् । यसअघि टुकीको भरमा जीवनयापन गर्नुपर्दा रातिको समयमा गाउँमा कोही दुःख बिमार हुँदा, कुनै कार्यक्रमका बेला र बालबच्चाको पठनपाठनमा समेत समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ ।(रासस )

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता