ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन | Samacharpati ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन

ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन

ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन

लेखनाथ । हामी र हाम्रो सान, बेगनासताल हाम्रो आँगन” भन्ने नाराका साथ शनिवार एक सम्पन्न एक भेलाले हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरेको छ ।

बेगनासताललाई माया गर्ने विभिन्न उमेर समूहका व्यक्तिहरुको भेलाले नवराज ओझाको संयोजकत्वमा प्रवद्र्धन तथर्द समिति गठन गरेको हो । तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद थापा, गोविन्द जलारी, हरि बहादुर थापा, सुरेन्द्र बाबु तिवारी, राम बहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा रहेका छन् ।

यसैगरी अभियानको सल्लाहकारमा डा इन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुंगाना, धु्रवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी रहेका छन् । बृहत भेलाले तदर्थ समितिलाई विधान तयारी, संस्थाको आगामी उद्देश्य, बेगनास र वरीपरिको क्षेत्रको पर्यटन प्रवद्र्धन र सामाजिक क्रियाकलापका बिषयमा योजना बनाउन म्यान्डेट दिएको छ ।

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये थोरैको मात्र बेगनासताल गन्तव्य भएको सन्दर्भमा बसाई लम्व्याउन विभिन्न निकायसँग छलफल र अन्तरक्रिया तथा बृहत्तर बेगनासको विकासका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गरिने अभियानका संयोजक नवराज ओझाले जानकारी दिए ।

राजनिति भन्दा टाढा रहेर सामूहिक एजेण्डामा अभियानले काम गर्ने हाम्रो बेगनासताल राम्रो बेगनासतालका अभियन्ता महेश पौडेलले जानकारी दिए ।
यसअघि कार्यक्रममा स्थानीय कृष्णप्रसाद ढुंगाना, नवराज ओझा, बुद्धि प्रसाद सुवेदी, महेश पौडेल लगायतले अभियानको बारेमा बोलेका थिए ।

आजको ट्रेन्डिङ समाचार