नेपाल मगर विद्यार्थी संघकाे ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र | Samacharpati नेपाल मगर विद्यार्थी संघकाे ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • नेपाल मगर विद्यार्थी संघकाे ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

नेपाल मगर विद्यार्थी संघकाे ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

नेपाल मगर विद्यार्थी संघकाे ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र

बेनी । नेपाल मगर विद्यार्थी संघले बेनीमा आयोजना हुने रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारीलाई तिब्रता दिएको छ ।

नेपाल मगर संघ केन्द्रिय समितिको आगामी फागुन २७ र २८ गते दुई दिनसम्म बेनीमा राष्ट्रिय विस्तारित भेला हुनेछ । संघले शनिबार बेनीमा पत्रकार सम्मेलन मार्फत भेलाको आन्तरिक तयारीलाई तिब्रता दिइएको जनाएको छ । भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने आर्थिक राजनीतिक लगायतका विषयमा छलफल हुने अध्यक्ष बिष्णुकुमार थापा मगरले बताउनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले भेलाको उद्घाटन गर्ने संघका महासचिव प्रेम रोका मगरले जानकारी दिनुभयो । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना विश्वविद्यालयको १४ जना लगायत स्वयंमसेवकहको उपस्थित हुने छ । अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनको तयारी थालिएको महाचिव रोका मगरले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार