शिव सेनाको रक्तदानमा १०० युनिट रगत संकलन | Samacharpati शिव सेनाको रक्तदानमा १०० युनिट रगत संकलन – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • शिव सेनाको रक्तदानमा १०० युनिट रगत संकलन

शिव सेनाको रक्तदानमा १०० युनिट रगत संकलन

शिव सेनाको रक्तदानमा १०० युनिट रगत संकलन

शिव सेना नेपाल, कास्कीको आयोजनामा रक्तदान तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

योगी नरहरिनाथको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन भएको छ । कार्यक्रम माशिव सेना नेपाल, कास्कीका वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद बरालले उद्घाटन गर्नुभएको थियो ।


शिव सेना नेपाल, कास्कीका अध्यक्ष प्रदीप खड्गीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिव सेना नेपालका सल्लाहकार राजकुमार लामिछाने, बुढानिलकण्ठ संरक्षण समितिका अध्यक्ष उपेन्द्रबहादुर कोइराला लगायतले बोल्नु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार