गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित | Samacharpati गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

हुम्ला । आयुर्वेद शाखा हुम्लाले गाउँघर आयुर्वेद घुम्ती सेवाबाट सिमकोट गाउँपालकामा १५ सयलाई सेवा उपलब्ध गराएको छ । यसबाट जन्मेदेखि सय वर्ष उमेर समुहका मानिसलाई गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्नु सकरात्मक मानिएको छ ।

सिमकोट गाउँपालिकाको वडा नं १, २, ७ र ८ का सात ठाउँमा गाउँघरमा पुगेर घरदैलो आयुर्वेद स्वास्थ्य सेवाबाट १५ सय जना लाभाविन्त भएको स्वास्य सेवा कार्यालय, आयुर्वेद शाखा हुम्लाका कविराज निरिक्षक कृष्णचन्द्र जोशीले जानकारी दिनुभएको छ ।

सिमकोट गाउँपालिकाको वडा नं १ र दुई मा १५३ महिला र ११७ पुरुष गरेर २७० जना लाभान्वित भएका छन् । यसै गरी वडा नं ७ को तीन ठाउँमा जम्मा ४५४ लाई यो सेवा सुविधा प्रदान गरिएको छ । जसमा डाँडाफयामा १२१ महिला र ७७ पुरुष गरी जम्मा १८७, धारापोरीमा ६७ महिला र ४६ पुरुष गरी जम्मा ११३ र चौगानफयामा ९७ महिला र ५७ पुरुष गरी जम्मा १५४ रहेको छ ।

यसै गरी वडा नं ८को पनि तीन ठाउँमा यो सेवा प्रवाहबाट ७२८ जना लाभान्वित भएका छन् । जसमा साँतामा महिला ११९ र पुरुष ९४ रहेका छन् । स्याँडामा महिला १९७ र पुरुष १४२ र खोल्सीमा महिला ७६ र पुरुष १०० जना रहेका छन् ।

यो शिबिरमा बाथका लागि मालिस गर्ने तेल, दम, रुघाखोकी, ग्याष्ट्कि श्वेतप्रदर, उच्च रक्तचाप, आमातिसार, गानागोला, स्तनपायी आमाहरूका लागि उपयोगी हुने विभिन्न प्रकारका आयुर्वेदिक औषधीहरू निःशुल्क उपलब्ध गराइएको छ । यसबाट स्थानीयबासी विशेषतः जेष्ठ नागरिकहरू धेरै खुशी भएको स्याँडा गाउँका रुपवहादुर बुढाले बताउनुभयो ।

यो गाउँघर स्वास्थ्य सेवा कार्यक्र फागुन महिनाको पटक पटक गरेर एक हप्तासम्म सञ्चालन गरिएको हो । यसमा ४६ जना स्तनपायी आमाहरूलाई पनि सेवा प्रवाह गरिएको छ । विशेष गरेर गाउँघरमा हुने गरेको बाथ रोगीहरूलाई राम्रो भएको छ । यसमा स्नपायी आमाहरूले पनि सेवा पाएका छन् ।

आजको ट्रेन्डिङ समाचार