म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण सुरू | Samacharpati म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण सुरू – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण सुरू

म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण सुरू

म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण सुरू

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच र्पुयाउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ ।

आजको ट्रेन्डिङ समाचार