प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत | Samacharpati प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत

प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत

प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत

पाेखरा । प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत भएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा दुई साता अघि पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगिताबाट ५४ लाख ४१ हजार ८ सय ३५ रुपैया आम्दानी भई उत्त रकम बचत भएको ग्रुपले शनिबार पोखरामा आयोजना गरेको आय व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएको हो । माघ २७ देखि फागुन १ गतेसम्म संचालन भएको उक्त प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ११ हजार ७ सय १४ रुपैया खर्च भएको ग्रुपका अध्यक्ष नारायण शर्माले बताउनुभयो । उक्त प्रतियोगितामा कबिर २० हजार दर्शक सहभागि भएको प्रचार संयोजक रामकृष्ण ज्ञवालीले बताउनुभयो ।

फाइनल खेलमै करिब ६ हजार दर्शक भित्रिएका थिए भने अन्य लिग तथा सेमिफाइनलमा दर्शक सहभागि भएका थिए । बचत भएको उक्त रकम ग्रुपले खेलाडीहरुको हकहित सहित सामाजिक क्षेत्रमा खर्च गर्ने भएको सचिव प्रकाश बरालले जानकारी दिनुभयो । ग्रुपमा रहेका ३७ जना युवाहरुले व्यक्तिगत रुपमा ५० हजारको जिम्मा लियर उक्त प्रतियोगिता गराउने योजना अनुसार संचालन भए पनि सोचे भन्दा बढी सफलता हासिल भएको संयोजक नविन गुरुङले बताउनुभयो ।

उक्त प्रतियोसिगता अन्र्तगत गण्डकी प्रदेशले पुरुष तर्फ प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि जितेको थियो भने महिला तर्फ पुलिसले बाजी मारेको थियो ।

आजको ट्रेन्डिङ समाचार