रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन | Samacharpati रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन

रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन

रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन

संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आगामी ६ महिना भित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो ।’समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्यपनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ ।

आजको ट्रेन्डिङ समाचार