अनेमसंघ (दाहाल नेपाल)को हुम्लामा विरोध सभा | Samacharpati अनेमसंघ (दाहाल नेपाल)को हुम्लामा विरोध सभा – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • अनेमसंघ (दाहाल नेपाल)को हुम्लामा विरोध सभा

अनेमसंघ (दाहाल नेपाल)को हुम्लामा विरोध सभा

अनेमसंघ (दाहाल नेपाल)को हुम्लामा विरोध सभा

कर्णबहादुर रोकाया, हुम्ला । प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा पनि अखिल नेपाल महिला संघ (दाहाल नेपाल) पक्षले हुम्लामा विरोध सभा गरेको छ । सिमकोट बजार परिक्रमा गरी धुपीरुख चौतारोमा कोण सभा गरेर विरोध कार्यक्रम सम्पन्न भएको छ ।

अनेमसंघ हुम्लाले निकालेको विरोध कार्यक्रममा अवसंवैधानिक कदमका विरुद्धमा विभिन्न प्रकारका नारा लगाइएको थियो । जसमा संसद पुनस्र्थाना गर्नेदेखि बलात्कारीलाई कारवाही, महंगी नियन्त्रण तथा जनजीविकालाई सहज बनाउन दवाव दिनेका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी अनेमसंघ केन्द्रीय सदस्य जुनेलीले बताउनुभएको छ ।

यो विरोध कार्यक्रममा बक्ताहरुले देउडा लगायत सांस्कृतिक झाँकी सहित आफ्ना मन्तव्य राखेका छन् भने यसलाई गाउँ गाउँमा आयोजना गरिने आयोजकहरुले बताएका छन् । यो विरोध सभाका लागि गाउँ गाउँबाट महिलाहरु सहभागी भएका छन् ।
[molongui_author_url]

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता