फागुन १६ गतेदेखि १४ औं संस्करणको वि.टी कप सुरू हुने | Samacharpati फागुन १६ गतेदेखि १४ औं संस्करणको वि.टी कप सुरू हुने – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • फागुन १६ गतेदेखि १४ औं संस्करणको वि.टी कप सुरू हुने

फागुन १६ गतेदेखि १४ औं संस्करणको वि.टी कप सुरू हुने

फागुन १६ गतेदेखि १४ औं संस्करणको वि.टी कप सुरू हुने

पाेखरा । पोखरामा यहि फागुन १६ गतेदेखि २२ गतेसम्म १४ औं संस्करणको वि.टी कप, खुल्ला, नकआउट अन्तर क्लव स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक बुद्घटोल युवा क्लवले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो । क्लवका सल्लाहकार विरेन गुरुङको स्मृतिमा गर्न लागिएको उक्त प्रतियोगितामा कुल ५० क्लवको सहभागिता रहने प्रतियोगिताका प्रचारप्रसार संयोजक अमृत गुरुङ लामाले जानकारी दिनु भयो ।

पोखरा १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने उक्त प्रतियोगिताको विजेताले नगद रु.१ लाख ३२ हजार २ सय २२ र उपविजेताले रु. ८२ हजार २ सय २२ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

त्यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, हाईस्कोरर, डिफेन्डर लगायत अनुशासित क्लवलाई पनि पुरस्कृत गरिने क्लवले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार