अनेरास्ववियूको चौथो चरणको आन्दोलन हुदै,प्रतिगमनलाई जुत्ता हान्ने,शंख जुलुससहित बालुवाटार घेर्ने | Samacharpati अनेरास्ववियूको चौथो चरणको आन्दोलन हुदै,प्रतिगमनलाई जुत्ता हान्ने,शंख जुलुससहित बालुवाटार घेर्ने – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • अनेरास्ववियूको चौथो चरणको आन्दोलन हुदै,प्रतिगमनलाई जुत्ता हान्ने,शंख जुलुससहित बालुवाटार घेर्ने

अनेरास्ववियूको चौथो चरणको आन्दोलन हुदै,प्रतिगमनलाई जुत्ता हान्ने,शंख जुलुससहित बालुवाटार घेर्ने

अनेरास्ववियूको चौथो चरणको आन्दोलन हुदै,प्रतिगमनलाई जुत्ता हान्ने,शंख जुलुससहित बालुवाटार घेर्ने

संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।फागुन ६ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगम कार्यालय अगाडि प्रदर्शन गरेको अनेरास्ववियूले आज भने विश्वविद्यालय अनुदान आयोग कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको छ ।बिहान ११ बजे विश्वविद्यालय व्यवस्थापन, अनुदान तथा छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितताविरुद्ध ज्ञापनपत्र बुझाइने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।फागुन ८ गते १ बजे अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० गते दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम राखिएको उनले बताए ।

फागुन ११ गते ११ बजे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ ।फागुन १६ गते ११ बजे प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबार अघि थाल ठटाएर विरोध प्रदर्शन गरिने छ । सोही दिन उपत्यका बाहिर भने सिडियो कार्यालय अगाडि प्रदर्शन हुने छ ।फागुन १८ गते १ बजे प्रतिगमनविरुद्ध शंख जुलुससहित बालुवाटार घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको छ । फागुन १८ गते काठमाडौं उपत्यका बाहिर सिडियो कार्यालय अगाडि प्रदर्शन गर्ने अनेरास्ववियूले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार